भारतमा दुई दाजुभाई सहित तीन नेपाली मजदूरको विभत्स हत्या

सोमवार, कार्तिक ११, २०७६



काठमाडौं । छिमेकी राष्ट्र भारतमा तीन नेपाली मजदुरको हत्या भएको छ । भारतको पिथौरागढमा मजदुरको काम गर्दै आएका तीन यूवाको विभत्स हत्या भएको हो ।

बैतडीको पुरचौडी नगरपालिका-५ दहताली स्थायी घर भएका ३६ वर्षीय हरे बोहरा उनका भाइ २७ वर्षीय बीरा बोहरा र पुरचौडी नगरपालिका-४ भटना तडीखेतका ३६ वर्षीय काशी बोहराको हत्या भएको स्थानीयले जनाएका छन । हरे बोहराकी श्रीमती किर्रा बोहरा सम्पर्कविहीन रहेकी छन ।

उनीहरुको धारिलो हतियार प्रहारगरि हत्या गरिएको भन्ने खबर प्राप्त भएपछि आइतबार मात्र घटनाको बारेमा जानकारी भएको को जिल्ला समन्वय समिति बैतडीका उपप्रमुख धनबहादुर बोहोराले जनाएका छन । डेरा गरेर बसेकै ठाउँमा तीनै जना नेपालीको शव लिङ्ग काटिएको अवस्थामा भेटिएको हो ।

उनीहरुको शव पोष्टमार्टमका लागि पिथौरागढमै राखिएको छ । उनीहरुको कार्तिक ८ गते हत्या भएको भारतीय मिडियाहरुले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata