बञ्चरो प्रहारबाट महिलाको हत्या, दुई घाईते

बिहिबार, अशोज ३०, २०७६



मकवानपुर । मकवानपुरको बकैया गाउपालिका ३ जलजलेमा बञ्चरो प्रहार गरि एक महिलाको हत्या भएको छ । आपसी विवादका क्रममा एकैै गाउँका ५०वर्षिय सुकबहादुर पाख्रिनले सन्तमाया लोे माथि बञ्चरो प्रहार गरेका हुन् ।

पाख्रिनले प्रहार गरेको बञ्चरो लागेर घाईते भए कि सन्तमायाको हेटौंडा स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पाख्रिनले गाउका अन्य २ जनालाई पनि हतियार प्रहार गरेकोे बताईएको छ ।

हतियार प्रहारबाट मृतक सन्तमायाका श्रीमान ५५ वर्षीय कालबहादुर लो र स्थानीय २६ वर्षीया दिबिमाया मोक्तान घाइते भएका छन। घाइतेहरुको चुरेहिलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । हत्यामा संलग्न पाख्रिनलाई प्रहरीले हतियार सहित पक्राउ गरि कार्बाही प्रक्रिया अघि बढाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata