घाँटी रेटर आमा छोरीको हत्या

शनिबार, अशोज २५, २०७६



उदयपुर । उदयपुरमा धारिलो हतियार प्रयोग गरि आमा छोरीको हत्या भएको छ ।  शुक्रबार धारिलो हतियार प्रयोग गरि आमा छोरीको घाँटी रेटेर हत्या भएको प्रहरीले जनाएको छ ।

त्रियुगा नगरपालिका ९ चौकीबारी बस्ने ३० वर्षीया सारदाकुमारी चौधरी र उनकी ९ वर्षीया छोरी रचना चौधरीको धारिलो हतियारले हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । हत्या कसले र किन गरेको हो भन्ने खुल्न नसकेको प्ररहीले जनाएको छ ।

हत्याको बारेमा थप अनुसन्धानका लागि धरानबाट तालिम प्राप्त कुकुर मगाइएको उदयपुरका एसपी वीरबहादुर बुढामगरले जनाकारी दिए । मृतक शारदाका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा देश बाहिर रहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments