छोराद्वारा बाबुको हत्या, आमाको अवस्था गम्भीर

सोमवार, साउन ६, २०७६



कैलाली । छोरा छोरीको भविष्य निर्माण गर्न आमा बाबुको योगदान अतुलनिय हुन्छ । आफ्नो खुसी लुटेर आफ्ना छोराछोरीको सुन्दर भविष्यका लागि बाबु र आमाले संसारका कुनै पनि दुखकष्टसँग युद्ध नै गर्न सक्छन । तर यदाकदा यस्ता घटनाहरु घट्न पुग्छन । जसलाई पत्याउन कठिन लाग्ने गर्छ । यस्तैमा घटेको घटनाले सन्तानहरु सैतानको रुपमा कतिसम्म गिर्न सक्छन भन्ने कैलाली घटनाले उजागर गरेको छ ।

 घरायसी विवादका कारण धारिलो हतियार प्रहार गरि आफ्नै बाबुको उदे रावतले हत्या गरेका छन भने आमाको अवस्था गम्भीर रहेको छ । कैलालीको घोडाघोडी नगरपालिका-११ सिसैयामा घरायसी विवादमा ५५ वर्षीय छोरा उदे रावतले आइतबार राति ७५ वर्षीय बुवा काल्चे रावतलाई  धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन भने आमालाई गम्भीर घाइते बनाएका छन । गम्भिर घाइते भएकी आमा नन्दे रावतलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिएका छन ।

हत्या गरेर फरार रहेका उदे रावतलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय सुखडमा राखिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक जोशीले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata