भारतीय माओवादीद्वारा निर्वाचन अधिकारीको हत्या

बिहिबार, बैशाख ५, २०७६



एजेन्सी । भारतीय लोकसभाको निर्वाचन शुरु हुनु अघि एक निर्वाचन अधिकारीको हत्या भएको छ । भारतको पूर्वी राज्य ओडिशामा दोस्रो चरणको निर्वाचन हुनुभन्दा केही घण्टाअघि एक निर्वाचन अधिकारीको हत्या भएको हो।

स्थानीय सञ्चार माध्यमका अनुसार ती महिला अधिकारीको सन्दिग्ध माओवादीहरूले हत्या गरेका हुन्। संजुक्ता दिगल नाम गरेकी ती अधिकारी मतदान केन्द्रतिर जाँदै गर्दा उनको गाडीमा माओवादी आक्रमण भएको बताइएको छ।

विश्वकै ठूलो मानिएको निर्वाचन अन्तर्गत भारतमा ओडिशा समेत १२ राज्य र केन्द्र शासित एउटा क्षेत्रमा बिहीवार दोस्रो चरणमा मतदान भैरहेको छ। भारतमा कुल ९० करोड मतदाता रहेका छन्। निर्वाचनका लागि देशभरि ५० लाख कर्मचारी खटीएका छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank