मुम्बई क्यालिफायरमा, सन्दीपको दिल्लीले एलिमिनेटर खेल्ने

सोमवार, बैशाख २३, २०७६



एजेन्सी । मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । आइतबार राति लिग चरणको अन्तिम खेलमा कोलकत्ता नाइट राइडर्सलाई ९ विकेटले हराउँदै  मुम्बईले क्वालिफायरमा स्थान बनाएको हो ।

यस हारसँगै कोलकत्ता प्रतियोगिताबाट बाहिरिएको छ । मुम्बईले क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग मंगलबार खेल्नेछ । मुम्बई विजयी भएसँगै सन्दीप लामिछाने सम्मिलित दिल्ली भने तेस्रो स्थानमा झरेको छ । यो सँगै दिल्लीले बुधबार एलिमिनिटर खेल सनराइजर्स हैदरावादसँग खेल्ने छ ।

एक सय ३४ रनको लक्ष्य मुम्बईले १६.१ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा गरेको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धसतकीय इनिङ खेले । उनले ५५ रन बनाएका थिए । सुर्यकुमार यादवले अविजित ४६ र क्विनटन डी ककले ३० रन बनाए । बलिङमा कोलकत्ताका प्रसिद्ध कृष्णले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङमा गरेको कोलकत्ताले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमाएक सय सय ३३ रन बनाएको थियो । कोलकत्ताका लागि क्रिस लिनले ४१ रन बनाए । रोविन उथ्थपाले ४० र नितिश रानाले २६ रन बनाए । बलिङमा मुम्बईका लाथिस मालिङ्गाले तीन विकेट लिए । हार्दिक पाण्डेया र जसप्रित बुम्राहाको दुई दुई विकेट झारे ।

समान १२ अंक भएपछि नेट रन रेटमा कोलकतालाई पछि पार्दै हैदरावाद प्ले अफमा पुगेको छ । हैदरावादे दिल्लीसँग एलिमिनिटर खेल्ने छ । एलिमिनिटरको विजेताले चेन्नई र मुम्बईसँगको खेलमा पराजित हुने टोलीसँग फाईनलको लागि प्रतिस्पर्धा गर्ने छ ।

मुम्बई १४ खेलमा ९ मा जित र ५ मा हारका साथ १८ अंक जोड्दै शीर्ष स्थानमा रहेर क्वालिफायरमा स्थान बनाएको हो । चेन्नईले समान खेल र नतिजाका साथ दोस्रो स्थानमा रहेपछि क्वालिफायर पक्का भएको हो । दिल्ली क्यापिटल्सले १४ खेलमा ९ मा जित र ५ मा हार सहित १८ अंक भएपनि नेट रन रेटका कारण तेस्रो स्थानमा पुगेको हो । १४ खेलमा ६ मा जित र ८ मा हारका साथ चौथो स्थानमा रहदै हैदरावादले प्ले अफमा स्थान बनाउदै दिल्लीसँग एलिमिनिटर पक्का गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank