आईपीएल फाइनल आज, उपाधिको लागि मुम्बई र चेन्नई भिड्दै

आइतवार, बैशाख २९, २०७६



एजेन्सी । भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनल खेलमा चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स भिड्ने छन् ।

नेपाली समय अनुसार साँझ ७:४५ देखी हैदरावादको राजिव गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा शुरु हुने खेलमा साविकको विजेता चेन्नई सुपर किङ्स र मुम्बई इन्डियन्स बीच भिड्न्त हुनेछ । दुबै टोली चौथो पटक आईपीएलको उपाधि उचाल्ने दाउँमा रहेका  छन् ।

महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई र रोहित शर्माको कप्तानीमा रहेको मुम्बईबीचको भिडन्त निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । प्रतिस्पर्धाका लागि मैदान उत्रदा दुवै टोलीको लक्ष्य चौथोपटक  उपाधि चुम्ने  रहेकाे छ ।

चेन्नई मुम्बईलाई पराजित गर्दै उपाधि रक्षाको लक्ष्यमा हुनेछ । तर, यस सिजन मुम्बईविरुद्ध चेन्नईले जित निकाल्न सकेको छैन । सिजनका तीनै खेलमा चेन्नई मुम्बईसँग पराजित भएको थियो  । चेन्नई फाइनलमा मुम्बईसँग बदला लिने योजनासहित मैदान उत्रनेछ ।

स्टार खेलाडीहरुको भरपर्दो प्रदशर्न पश्चात मुम्बई अघिल्ला तीन खेलको नतिजा दोहोराउन आतुरताको साथ् पर्खदै छ ।

मुम्बईले पहिलो क्वालिफायरमा चेन्नईलाई ६ विकेटले हराएर फाइनल यात्रा तय गरेको थियो भने चेन्नईले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले हराउँदै  मुम्बईसँग बदला लिन हतारिएको छ ।

हालसम्म दुवै टोलीले समान ३/३ पटक आईपीएलको उपाधि जितेका छन् । यस संस्करणको उपाधि जित्दै दुवै टोली  चौथोपटक उपाधिमाथि कब्जा जमाउन चाहन्छ ।

नेपाली लेग स्पिनर सन्दीप सम्मिलित दिल्ली क्यापिटल्स शुक्रबार चेन्नई सुपर किंग्ससँग पराजित भएसँगै लामिछाने फाइनल अगावै स्वदेश फर्किन लागेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank