भारी बर्षाबाट मुम्बईमा पाँचको मृत्यु

बुधबार, भदौ १४, २०७४



मुम्बई । मुम्बईका विभिन्न भूभागमा भएको अविरल बर्षाका कारण बुधबार पाँच जनाको ज्यान गएको समाचार छ ।

प्राप्त पछिल्लो समाचारअनुसार भारी बर्षाका कारण विद्यालयहरु बन्द गरिएको छ भने यातायातका साधन पनि चल्न सकेका छैनन् ।

भारतको आर्थिक राजधानी मानिने मुम्बई सहरमा गत सोमबार बेलुकीदेखि वर्षा निरन्तर भइरहेको छ । जसका कारण कम्तीमा दुई करोड जनसंख्या रहेको मुम्बई सहर अस्तव्यस्त भएको छ ।

गएका केही दिन यतादेखि दक्षिण एसियामा जारी सक्रिय मनसुनले ठूलो क्षति पु-याएको छ । यस मुनसुनबाट भारत, नेपाल र बङ्गलादेशमा एक हजार २०० भन्दा बढीको ज्यान गइसकेको छ ।

मुम्बईमा बर्षा जारी छ । पानी जमेमा कारण बजार क्षेत्र अस्तव्यस्त छ । पानीका कारण बिजुली सट भएर र बजार क्षेत्रकै एक पर्खाल भत्किएर पाँच जनाको मृत्यु भएको छ, एकजना सरकारी अधिकारीले जानकरी दिएका छन् । रासस/एएफपी

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments