‘केशरबाई बिल्डिङ’ कोल्याप्स : २ जनाको मृत्यु, उद्धार कार्य कठिन

मङ्लबार, असार ३१, २०७६



एजेन्सी । दक्षिण मुम्बईको डोन्गरी इलाकामा मंगलबार एक चारतले घर भत्किदा २ जनाको मृत्यु भएको छ । ८० वर्ष पुरानो घर भत्किदा ४० देखि ५० व्यक्ति घर भित्र नै रहेको आशंका गरिएको छ । सख्त घाइते भएका ५ जना व्यक्तिलाई उपचारका लागि स्थानीय अस्पताल तर्फ लागिएको छ ।

एनडीआरएफ टिम घर भित्र फसिरहेका व्यक्तिलाई बचाउ गर्नको लागि घटनास्थल पुगिसकेको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् ।

बृहन्मुम्बई महानगरपालिका (बीएमसी)को प्रबन्ध अधिकारीले बताएअनुसार डोन्गरी मार्गको भूतल स्थित् ‘केशरबाई बिल्डिङ’ बिहान करिब ११ बजेर ४० मिनेटमा  भत्किएको हो । मुम्बईमा पछिल्लो दिनहरु भारि वर्षा भइरहेको छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata