मूल्यहीन जिन्दगी

शुक्रबार, कार्तिक २९, २०७६



आज !
एका बिहानै
अनिष्ट हुनु रहेछ क्यारे
पोथी बाँसेछ ।

त्यसैले होला
मेरो घरमा
कोलाहल मच्चिरहेछ
अशान्तिले जरा हालेछ ।

दौडिरहेछन
घरका मान्छेहरू
उताबाट उता
उताबाट यता  ।

के के न भाको जस्तो
थामिनै सकेन
मेरो पनि मन
अनि बाहिरपट्टिको
झ्याल  उघारेर हेरें  ।

हु न त हो रहेछ नि
ओहो !
भयानक दुर्घटना भएछ
अघिल्तिरको त्यो भयङ्खर
रूख ढलेछ  ।

अजङ्गको
एउटा सुर्य खसेछ
अजम्बरी
रक्ताम्य भएछ
मेरै घरको आँगनमा
एउता तारा खसेछ  ।

चार तारा
पाँच तारा
यस्तै यस्तै
असंख्य ताराहरू
छरपस्ट भएछन्,
त्यो पनि मेरै
घर आँगनमा  ।

मरेछ मेरो भविष्य
रूखले थिचेर
आश्चर्य भयो
मैले नै थाहा नपाइ
डढेछ मेरो सुन्दर सपना
सुर्यको रापले
म छटपटाउदै
भोको पेटले
बाँचेको रहेँछु  ।

अझै कति कुरा गरौं
म र मेरो
मुल्यहीन जिन्दगीको ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata