पोते छैन चुराछैन, बिस बाइस हुँदा पनि

शनिबार, भदौ २३, २०७५



सारा कुरा भ्याएर मर्न पाए हुन्थ्यो
आकाङ्क्षा हुँदै मन भर्न पाए हुन्थ्यो
जान्नुपर्ने थियो थुप्रै कुरा जो छुट्यो
जीवन पुन सुअारम्भ गर्न पाए हुन्थ्यो ।

 

छट्पटीन्छु एकान्तमा सन्चोहुन्न रुँदा पनि
पोते छैन चुराछैन, बिस बाइस हुँदा पनि
अंगअंग नशानशा के भयो खै हिजोआज
भित्र भित्रै कुत्कुतिन्छु दौतरीले छुदा पनि ।

 

धेरैजसो मान्छेहरू बलेको आगो ताप्ने मात्रै छन
निर्जीव हाँसो हाँस्दै स्वरमा स्वर खाप्ने मात्रै छन
सुकर्म भुलेर आफ्नो मर्यादाहरूको उलंघन गर्दै
स्वदेश होस् या विदेश कालोधन छाप्ने मात्रै छन ।

269 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank