मुक्तिनाथमा के छ ?

मङ्लबार, असार २४, २०७६



हिन्दु तथा बौद्धमार्गीहरुको लागि समान आस्था र महत्वको तिर्थस्थल हो – मुक्तिनाथ । समुन्द्री सतबाट ३,७१० मिटरको उचाईमा हिमाल पारीको जिल्ला मुस्ताङमा अवस्थित मुक्तिनाथ वैष्णव सम्प्रदायको प्रमुख मन्दिरहरुमा एक हो । यसलाई बादल माथिको मन्दिर समेत भन्ने गरिन्छ ।

हिन्दु धार्मिक मान्यता अनुसार मुक्ति वा मोक्ष प्राप्तिको अनुपम धार्मिक स्थल हो-मुक्तिनाथ । हिन्दु धर्मले खोज्ने दुर्गम तिर्थस्थल मध्ये एक हो-मुक्तिनाथ । यहाँको धार्मिक, सांस्कृतिक र प्राकृतिक रसस्वादन गर्न देश विदेशका पर्यटक मरिहत्ते गर्ने गर्दछन् ।

मुक्तिनाथ मन्दिरको निर्माण द्रबीडीयन शैलीमा वा नेपाली तले शैलीमा निर्मित छ । मन्दिर छेउछाउमा एक सय आठ धारा, ज्वालामाई मन्दिर, शिवालय र गुम्बाहरु असंख्य रहेका छन् । इतिहासमा मुक्तिनाथ मन्दिरको स्थापना जुम्लाको राजाले गराएको मानिन्छ भने वर्तमानमा अवस्थित मन्दिर विक्रम संवत् १८७१ सालमा शाह राजाहरुले गराएका हुन् भएन भेटिन्छ । हिन्दु ब्राम्हणले नित्य पुजाआज्ञा गर्ने मुक्तिनाथ मन्दिरमा बौद्ध झुमाहरुले प्रसाद वितरण गर्ने चलन चल्दै आएको छ ।

मन्दिर परिसर भित्रको बाटो

मन्दिर परिसर भित्रको बाटो

मन्दिरमा लक्ष्मी, सरस्वती र गरुडका मूर्तिहरु पनि छन् । शालिग्राम पाइने प्रसिद्ध स्थलमा मुक्तिनाथ मन्दिर रहेकोले बद्रीनाथ, केदारनाथ, पशुपति नाथ र मुक्तिनाथको दर्शन नगरी भगवानको दर्शन पुरा नहुने धार्मिक जनविश्वास रहँदै आएको छ ।

जनैपूर्णिमा र कार्तिक पुर्णिमाको अवसरमा ठूलो मेला लाग्ने मुक्तिनाथ मन्दिरमा हिन्दु र बौद्ध धर्मालम्बीहरुले जीवनमा एकपटक पुग्नै पर्ने स्थानको रुपमा लिईदै आइरहेका छन् ।

मुक्तिनाथ विश्वकै प्रशिद्ध पदमार्ग ‘अन्नपूर्ण सक्रिट’मा पर्छ । त्यसैले ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ । प्रकृतिमा रमाउने पर्यटकहरु ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । पोखराबाट हिँडेको ७ देखि १० दिनमा मुक्तिनाथ पुगेर फर्किन सकिन्छ ।

हिजोआज मुस्ताङ पुग्न कठिन यात्रा पनि गर्नुपर्दैन् । म्याग्दी सदरमुकाम बेनीबाट ४ घण्टाको मोटर यात्रापछि मुस्ताङ सदरमुकाम जोमसोम पुग्न सकिन्छ ।

विदेशी पर्यटकहरुको ठूलो संख्या पोखराबाट सिधै हवाईमार्ग हुँदै पनि जोमसोमसम्म पुग्ने गर्दछन् । हवाई मार्गमार्फत मुस्ताङ जान पोखराबाट १८ मिनेट लाग्दछ । मुक्तिनाथ क्षेत्रमा रहेका होटलमा अधिकांश विदेशी पर्यटकले रात बिताउने गरेका छन् । कतिपय पर्यटक भने छोटो समयमा मुक्तिनाथ घुमेर बास बस्न जोमसोम र अन्य ठाउँ जान्छन् ।

द्फ्स्फद्स्फ्द

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata