सबैको तिर्सनालाई मेट्नसके मुल हो जिन्दगी

शनिबार, भदौ १६, २०७५

- विमल गिरी



फुलिरहेछ चेरी शरद मासमा छु
कैले फर्कौ देश आसै आसमा छु
रित्तिदै गएको बैशमा सपना भर्दै
कटमेरो यो मनसङ्गै प्रवासमा छु ।

असहाय लाई पारी तार्नसके पुल हो जिन्दगी
सबैको तिर्सनालाई मेट्नसके मुल हो जिन्दगी
अहमलाई बिर्सेंर सबैमा हार्दिकता छर्न सके
सधैं सबैसङ्ग खुशीहुन जाने फूल हो जिन्दगी ।

सधैंभरि सगै बाँचिरहने धेरैलाई आश हुन्छ
नसाहरु फुल्छन अनि एकोहोरो सास हुन्छ
प्राय रातमा न्याउरो भएर रुँघालुले हेर्दाहेर्दै
हाम्रो ऐया भन्नै नपाई स्वर्गको बास हुन्छ ।

218 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank