हिमपात भएपछि किसान हर्षित

सोमवार, माघ २९, २०७४



मुगु । मुगुका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । आइतबार रातिबाट जिल्लाको उच्च हिमाली क्षेत्रमा भारी हिमपात सुरु भएको हो ।

उच्च हिमपात भएसँगै किसानहरू हिउँदेबाली सप्रने आशमा हर्षित भएका छन्। कात्तिक महिनामा खेतबारीमा छरेको हिउँदेबाली हिमपात नभएर खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका थिए । हिमपात भएपछि भने किसानहरू खुःशी भएका छन् ।

हिउँदेबालीको उत्पादनमा हिमपातले राहत पुर्‍याउने भएकाले किसानहरू हर्षित भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

70 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank