लुकामारी जस्तै पहिरो पन्छाउने र खस्ने प्रक्रिया

मङ्लबार, असार १२, २०७५



काठमाडौं । नारायणगढ मुग्लिङ सडकखण्डमा यात्रा गर्न सास्ती झेल्नु परेको छ । कुन बेला पहिरो अस्छ र बाटो रोकिन्छ भन्ने टुङ्गो नहुँदा यात्रा जोखिम बढेको छ । सडकखण्डको चारकिलो भन्ने ठाउँको टोपो खोलामा फेरि पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । हिजो बिहान पनि चार ठाउँमा पहिरो खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बिहान साढे ५ बजे पहिरो खसेको हो । पहिरो पन्छाउने काम शुरु भए पनि पहिरो ठूलो भएकाले तीन÷चार घण्टा लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । दुई दिनयता पानी परेसँगै सो सडकमा ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध हुने र खुल्ने क्रम जारी छ । गन्तब्यमा हिडेका यात्रु बाटोमा नै अलपत्र परेका छन् ।

171 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank