मुग्लिन-नारायणगढ सडकखण्ड दैनिक चार घण्टा बन्द हुने

बुधबार, मंसिर २५, २०७६



काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड शुक्रबार देखि दैनिक ११ बजे देखी ३ बज सम्म बन्द हुने भएको छ । सडकको पहिरोको रोकथामका लागि निर्माणको काम शुरु गरिने भएकाले शुक्रबार देखी दैनिक चार घण्टा सडक अबरुद्ध हुने भएको हो ।

नारायणघाट तर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई १५ किलो बजारमा रोकिनेछ भने मालवाहक सवारी साधनलाई दासढुंगामा रोकिने नारायणघाट मुग्लिन सडक आयोजनाले जानकारी दिएको छ।

त्यस्तै, मुग्लिनतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनमा काठमाडौंबाट छिर्नेलाई मुग्लिन बजारमा रोकिनेछ र पोखराबाट आउनेलाई बेनीटारमा रोकिनेछ। निर्माण कार्य कारण पूर्वपश्चिम जाने यात्रुहरु मर्कामा पर्ने भएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments