यसरी भएको थियो पत्रकार खसोग्जीको हत्या

बिहिबार, कार्तिक १५, २०७५



काठमाडौं । टर्कीले साउदी पत्रकार जमाल खसोग्जीको हत्या कसरी भयो, कसले गर्यो अहिले विश्व बजार तातिरहेको छ । यही बो टर्कीले हत्या भएको तरिका सार्वजनिक गरेको छ । टर्कीले घाँटी रेटेर हत्या भएको दावी गरेको छ ।

खसोग्जीको हत्या कसरी भयो भन्ने बारे विभिन्न अडकलबाजी चलिरहँदा टर्कीले वाणिज्य दूताबास प्रवेश गर्नेवित्तिकै उनको घाँटी रेटेर हत्या गरेको दाबी गरेको हो ।

गत अक्टोबर २ मा इस्तानबुलस्थित साउदी अरबको वाणिज्य दूताबासमा भएको खशोग्जीको हत्याबारे कयौं हप्तासम्म संचार माध्यममा आएका विभिन्न विवरणभन्दा टर्कीले फरक बयान सार्वजनिक गरेको हो ।

टर्कीले खशोग्जीको हत्या नियोजित भन्दै हत्यापश्चात उनको शव टुक्रा–टुक्रा पारेर नष्ट गरेको पनि दाबी गरेको छ । साउदी अरबले पनि टर्कीको दाबीमा कुनै प्रतिक्रिया जनाएको छैन । खशोग्जीको हत्यामा साउदी अरबको शाही परिवार संलग्न भएको आरोप लाग्दै आएको छ । टर्कीका राष्ट्रपति रिचेप तैयप अर्दोआनले गतहप्ता साउदी युवराज मोहम्मद बिन सलमानसँग घटनाका सम्बन्धमा कुराकानी गरेका थिए ।

223 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank