छोराले गरे आमाको हत्या

बिहिबार, मंसिर ६, २०७५



काठमाडौं  । बाग्लुङका एक ९० वर्षीय वृद्धाको छोराले बञ्चरो प्रहार गरेर हत्या गरेका छन् । जैमिनी नगरपालिका १० राङखानीका ६० वर्षीय कर्णबहादुर श्रीसले आमा हरिकलालाई मंगलबार हत्या गरेका हुन् ।

आमाको हत्यापछि श्रीसले प्रहरी चौकी कुश्मीसेरामा आत्मसर्मपण गरेको प्रहरी उपरीक्षक दिपक रेग्मीले बताए । बुधबार बिहानै उनी चौकी आएर हत्या गरेको बयान दिएका थिए । आमा छोराको भनाभन भएपछि बञ्चरो प्रहार गरेको बयानमा बताएका थिए । मृतकको शव पोस्टमार्टमका लागि धौलागिरि अञ्चल अस्पताल ल्याइएको छ ।

घटनास्थल पुगेको प्रहरीले बञ्चरोसमेत बरामद गरेको छ । श्रीसलाई जिल्ला प्रहरी कार्यालय ल्याएर अनुसन्धान अगाडि बढाइएको छ ।
कान्तिपुरबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank