युवकको हत्या, रक्ताम्य शव घिसार्दै गर्दा पक्राउ

शनिबार, मंसिर १, २०७५



 धनगढी । सुदुरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा शुक्रबार एक युवकको हत्या भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्वर ४ स्थीत प्रदेश प्रमुखको कार्यालय नजिकै रहेको कलश होटल नजिकै युवकको हत्या भएको हो ।

धनगढी उपमहानगरपालिका वडा नम्वर ४ शिवपुरी धामका २५ बर्षिय विजय थापाको हत्या भएको वडा प्रहरी कार्यालय धनगढीमा प्रमुख प्रहरी निरीक्षक वकिल बहादुर सिंहले जानकारी दिए । शुक्रवार राती करीब १० बजे तिर थापाको हत्या भएको प्रहरी निरीक्षक सिंहको भनाई छ ।

रक्ताम्य युवकलाई घिसार्दै लगिरहेका बेला धनगढी उप–महानगरपालिका वडा नम्वर ४ कै आशिष सेटी र घटना स्थलमा भेटिएका सोही ठाउँका दीपेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ ।

277 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank