सम्पत्तिको लोभमा बिहे प्रस्ताव, नमानेपछि हत्या

बुधबार, कार्तिक १४, २०७५



काठमाडौं  । बाराको कलैयामा घाँटी रेटेर एक वृद्धको हत्या गर्ने चारजनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी मङ्गलवार सार्वजनिक गरेको छ । कलैया उपमहानगरपालिका–२३ स्थित कोइरिया टोलमा गत शनिवार भएको ६५ वर्षीय नन्दलाल राउत कुर्मीको हत्यामा संलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

नन्दलालको हत्यामा उनकै छिमेकको संलग्नता रहेको पाइएको छ । प्रहरीले नन्दलालका छिमेकी ४५ वर्षीय वीरेन्द्रलाल प्रसाद जैसवारलाई घटनाको मुख्य योजनाकारका रूपमा सार्वजनिक गरेको छ ।

वीरेन्द्रसहित घटनामा हाल सिम्रौनगढ नगरपालिकाका साबिकको अमृतगन्ज–९ का ५५ वर्षीय जोधा भनिने राम अयोध्या दास तत्मा, वीरेन्द्रका १९ वर्षीय छोरा विशाल र ६५ वर्षीय बैजनाथ राउत कुर्मी रहेका छन् ।

घटनामा नन्दलाललाई वीरेन्द्र र रामअयोध्याले धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए भने उनका छोरा विशाल र बैजनाथले सहयोगीको भूमिका निभाएका थिए । आर्थिकरुपमा सम्पन्न नन्दलाल सफल कृषक थिए । उनको दैनिकी खेतीपाती र माछा पोखरीमा बित्ने गरेको थियो ।

सधैँ जसो खेतको काम सकेर साँझ घर आएका नन्दलाल गोठको काम गरिरहेको अवस्थामा मारिएका थिए । उनको शव घर छेउकै आँपको रुखमुनि शनिवार राति ८ बजे फेला परेको थियो । परिवारले उनको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।अन्नपूर्णपोष्टबाट

213 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank