गोली हानेर कांग्रेसका युवा नेताको हत्या

आइतवार, भदौ २४, २०७५

रोल्पा । रोल्पामा कांग्रेसका युवा नेताको गोली हानी हत्या भएको छ । रोल्पाको सुलीचौरमा गोली हानेर कांग्रेसका युवा नेता २९ वर्षीय रोहित पुनको हत्या भएको छ । उनी कांग्रेसका तरुण दलका जिल्ला इन्चार्ज थिए । उनको देब्रे छातीमा गोली लागेको छ ।

पुर्वी रोल्पाको सुलीचौर इलाका प्रहरी कार्यालय नजिकैको रेष्टुरेन्टमा गोली चलेको हो । भर्खरै खुलेको रेष्टप्वाइन्ट रेष्टुरेन्टमा गोली चलेको हो । बेलुका पौने पाँच बजे घटना भएको जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए ।

गोली पुनको छातीमा भित्र नै रहेको थियो । रेष्टुरेन्टभित्रै गोली चलेपछि त्यस क्षेत्रमा त्रास  छ । मारिएका युवकको शव जिल्ला अस्पताल रेउघामा पोष्टमार्टम गरिने छ । गोली चलाएको आरोपमा रोल्पा नगरपालिका–१० धबाङका देववहादुर घर्तीलाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान जारी छ ।

136 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank