कुख्यात अपराधी बब्लुको अदालत लैजाने क्रममा गोली हानी हत्या

बिहिबार, बैशाख २८, २०७४



चर्चित अपराधी बब्लु दुबेको हत्या भएको छ । भारतको बक्सार कारागारमा सजाय काटिरहेका ३१ वर्षीय बल्लु भनिने मितिलेश दुबेलाई बिहीबार बेतिया सिभिल कोर्टमा पेश गर्ने क्रममा गोली हानेर हत्या गरिएको हो । प्रहरी घेराबीच लगिएका उनीमाथि अदालत परिसरमै गोली प्रहार भएको हो ।

उनीमाथि तीन जनाको संख्यामा रहेको अज्ञात समूहले गोली प्रहार गरेको हो । गोली प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
बब्लुलाई सन २०१३ मा नेपाल प्रहरीले काठमाडौंबाट पक्राउ गरी त्यसको एक सातापछि बिहार प्रहरीलाई बुझाएको थियो ।

बब्लुमाथि काठमाडौंका उद्योगी सुरेश केडियाको अपहरण समेत गरेको अभियोग छ ।

2132 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank