सांसद अपहरण काण्ड: सांसद यादवद्वारा मानव अधिकार आयोगमा उजुरी दर्ता

बिहिबार, बैशाख १८, २०७७



काठमाडौँ । जनता समाजवादी पार्टी नेता एवम् सांसद डा.सुरेन्द्र यादवले मानव अधिकार आयोगमा उजुरी दर्ता गरेका छन् ।सांसद यादवले  आफूलाई  पूर्व आइजीपी सर्वेन्द्र खनाल, सांसद महेश बस्नेत र किसान श्रेष्ठले अपहरण गरेको उजुरी महानगरीय प्रहरी परिसर टेकु र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उजुरी दर्ता नगरेको भन्दै बिहीबार मानवअधिकार आयोगमा उजुरी दर्ता गरेका हुन ।

राज्यको संरक्षणमा गरिएको अपहरण काण्डका अपराधीहरूलाई कानुन बमोजिम कारबाहीको निम्ति सरकारलाई निर्देशन दिन माग गर्दै सांसद डा.सुरेन्द्र यादव द्वारा मानव अधिकार आयोगमा उजुरी दिएको समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले जानकारी दिएका छन् ।  डा. भट्टराईले ट्विट मार्फत भनेका छन् ,हेरौँ असनको साँढे झैँ मैमत्त बनेको र अरिंगाल सेनालाई सडकमा ताण्डवनृत्य निम्ति उतारेको ओलीतन्त्रले के गर्दो रहेछ ! निवेदनमा अपहरणा तथा शरीर बन्धक घटनाकाे ाछनबिन तथा अनुसन्धान गरि प्रभावकारी कानूनी उपचार र कानूनी कार्वाही अघि बढाउन नेपाल सरकारका सम्बन्धित निकाय समक्ष सिफारीस गरिपाउँ भन्दै ब्यहाेरा खुलाइएकाे छ ।

हेर्नुहाेस उजुरीकाे जस्ताकाे त्यस्तै

1

2

3

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments