हालसम्म ६ सयले चढे सगरमाथा, १५ जनाको मृत्यु

शनिबार, जेष्ठ ११, २०७६



विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको सिजन यो वर्षका लागि अन्तिम चरणमा पुगेको छ । यो वर्ष अहिलेसम्म ६०० जनाले आरोहरण गरेको प्रारम्भिक तथ्यांक आएको र यकिन भने नरहेको पर्यटन विभागकी पर्वातारोहण निर्देशक मीरा आचार्यले जानकारी दिएकी छिन ।

यसवर्ष ४४ समूहका ३ सय ८१ आरोहीले सगरमाथा चढ्न अनुमति लिएका छन् । उनीहरुका साथमा शेर्पा र सहयोगी आरोही पनि चुचुरो पुग्छन् ।

१५ जनाको ज्यान गएको पुष्टि:

सगरमाथा व्यापारिक पर्वतारोहण हुने संसारकै लोकप्रिय हिमाल हो । यस्तै यो वर्ष सबै हिमालमा गरेर १५ जनाको ज्यान गएको पुष्टि भएको छ । ज्यान गुमाउनेमा सातजना सगरमाथाको आरोहणमा गएकाहरु छन् ।

सगरमाथामा ट्राफिक जाम:

हिमाल आरोहणको सिजन शुरु भएसँगै भन्न थालियो, ‘यो सिजनमा सगरमाथामा ट्राफिक जाम छ ।’ मौसम राम्रो भएका बेला हिमाल चढ्न चाहनेहरु धेरै हुने र यस सिजनको मौसम शुक्रबार सम्म राम्रो रहेको आधार शिविरबाट सम्पर्क अधिकृतले जानकारी दिएका छन्  ।

शुक्रबारपछि भने मौसम ग्रिएकाले केही दिन आरोहण बन्द हुने र सम्भवतः २७ तारिखमा बाँकी रहेका आरोहीहरु पनि चुचोरोमा पुगिसक्ने उनले बताएका छन् ।

आरोही निर्मल पूर्जाले खिचेको एउटा तस्वीर:

आरोही निर्मल पूर्जाले खिचेको एउटा तस्वीरले धेरैलाई सोच्न बाध्य बनायो, ‘के यो साँच्चै हो ?’

अहिलेसम्म ६ सयले चढे सगरमाथा, १५ जनाको मृत्यु

पर्वातारोहण निर्देशक आचार्यका अनुसार अहिले सगरमाथाको माथिल्लो क्याम्पमा जामको अवस्था या आरोहीको लामो लाइन छैन । केही दिनअघि क्याम्प चारमाथि लामो लाइन लागेको र त्यसकै कारण दुई आरोहीको निधन भएको खबर आएको थियो । तर अहिले भने आरोहीको लाइन नरहेको उनले बताएकी छन् ।

व्यवस्थापन:

आफूहरुले सगरमाथा आरोहणलाई व्यवस्थित गर्न र घुईँचो नहोस् भन्नका लागि विभिन्न एजेन्सीसँग मिलेर योजना बनाउने गरेको उनले दाबी गरेकी छन् ।

तर बुधबार केही बेर क्याम्प चारमाथि जामको अवस्था रहेको खबर आफूहरुले पाएको उनले बताएकी छन् । उनले भनिन्, ‘अहिले त्यस्तो लाइन लाग्नु पर्ने अवस्था छैन । हामीले व्यवस्थापन गरिरहेका छौँ ।’

 

 

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata