एक महिनामा चारवटा शव सहित ११ टन फोहोर संकलन

सगरमाथा सफाई अभियान 

मङ्लबार, जेष्ठ १४, २०७६



काठमाडौं । एक महिनादेखि चलिरहेको सगरमाथा सरसफाई अभियानकाे क्रममा ११ टन फोहोर संकलन गरिएको छ ।

सगरमाथा सरसफाई अन्तरगत सगरमाथा आरोहणका क्रममा पुरिएका चार जनाको शव पनि निकालिएको छ । १२ जनाको सरसफाई टोलीले सगरमाथाकाे विभिन्न क्षेत्रबाट उक्त फोहोर संकलन गरेको सरसफाई अभियान्ता सांगी शेर्पाले जानकारी दिए । शेर्पाका अनुसार संकलित फोहोर नेपाली सेनाको ब्यारेक नाम्चेमा राखिएको छ ।

Capture

सन् २०१४ को हिमपहिरो र २०१५ को भूकम्पपछि सगरमाथा क्षेत्रमा सरसफाई गरिएको थिएन । सगरमाथाकाे सफाई अभियान नेपाल सरकार, नेपाली सेनाको ‘सफा हिमाल अभियान’, नेपाल पर्वतारोहण संघ, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाल पर्यटन बोर्ड र पासाङ ल्हामु गाउँपालिकाले संयुक्त रुपमा  चलाएका थिए ।

संकलित फोहोर मध्ये चार टन फाेहाेर पुनः प्रयोगको लागि डोको रिसाइक्लिङले काठमाडौं ल्याएको छ ।

mount-everesr

आरोहीको संख्या बढेकाले शवहरु अझै पुरिएको अवस्थामा हुन सक्ने अनुमान गरिएको छ । अभियान्ताहरुले सरसफाई अभियानलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata