मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध

शनिबार, माघ १८, २०७६



कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका वडा नम्वर ६ मा से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय मायाराम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल आआफैँ  अनियन्त्रित भएर दुर्घटना हुँदा मध्यराति १२ बजे चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

तर स्थानीयले भने गाडीको ठक्करबाट चौधरीको मृत्यु भएको भन्दै विरोध जनाएका छन् । पुर्वपश्चिम राजमार्गको गुलरा सडक खण्डमा एउटा गाडीले चौधरी सवार मोटरसाइकललाई ठक्कर दिएको स्थानीयको दावी छ ।

चुहामा वयापार गदै आएका चौधरी घर आउने क्रममा राति गुलरा सडक खण्डमा मृत अवस्थामा भेटिएपछि पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एक बसका चालकले प्रहरीलाई खबर गरेका थिए ।

घटनाकोे सत्य तथ्य अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै राीतदेखि नै पीडित परिवार र स्थानियले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी बीच बाटोमै रोकिएका छन् । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments