कथा- मर्निङवाक

शनिबार, पुस २८, २०७५

- सीता ओझा- अध्यक्ष महिला अध्ययन केन्द्र



”  ए चिन्या,चिन्या लाग्यो ! कता बस्नु हुन्छ ? मर्निङ वाकमा भेट हुदा चिया पनि खाए जस्तो लाग्छ ! यसो बोलचाल गरौं न ! ” हिडिरहेको बाटोमा फनक्क पर्केर पर्शुले भने , सिवानी पुलुक्क फर्किन र मुस्कुराइन ! विहानको झुल्के घाम र सिवानीको मुस्कानमा कुनै न कुनै बेला संयोजन थियो जस्तो भयो ।

सिवानीले मुस्कुराउदै , ” हैन यहाँले चाहिँ कता देख्नु भएको थियो र ? यस्तो व्यङ्ग्य वाण हान्नु भा नि ? हामी त सधैं जसो मर्निङ वाकमा देखादेख भएकै मान्छे हौं नि हैन र ? ”

सिवानीको कुरा नसक्किदै पर्शु बोली हाले, ” यसो बोलचाल त खुलाउ न ! मर्ने बाँच्ने टुङ्गो छैन । दुई दिन बाँच्ने भन्छन,त्यो पनि कहिले के हुन्छ ? कस्लाई थाहा छ र !

पशुपतिको मुलगेट कटेपछि पर्शुले फर्सिको सानो कैडो किने , सिवानीले हेरिरहिन । अलिक पर्तिर राखेको दशवटा गोलभेडाको भाग देखेर पर्शु लम्किए  र सोधे ! “कति रूपैयाँ नि यो भाग को ? “बुढी आमैले बसेरै भनिन् , बीस रूपैयाँ हो बाबू,लानु न , काचै पिसेर खाए पनि हुन्छ ।  स्वादको छ यो सानो खाले गोलभेडा । जताततै पाइन्न पनि ।” यतिका दृश्यावलोकन पछि पर्शु फेरि बोले, ” आज शनिवारको दिन हतारो पनि छैन । चिया खाउ,खाउ पो भयो त ! खाउ है ” सिवानीतिर फर्केर भने ।  ” खास खान त मन थिएन,भनी हाल्नु भयो ठिकै छ नि ! हुन्छ खाउ न त । ” सिवानीले मञ्जुरी दिएपछि सबैले चिया खाए !  चियाको सुर्को सगै सिवानीले सोधिन् , ” हैन , तपाईंले त एक जनालाई मात्रै पुग्ने गरि पो तरकारी किन्नु भो त ? को को हुनुहुन्छ नि घरमा चाहिँ ?”

पर्शुले खुईय गर्दै भने, ” घरजम्म त राम्रैसँग गरेको थिएँ तर दिन विग्रेर अहिले एक्लै छु । ” सधै थोरै तरकारी किनेको देख्छु । यसो हेर्दा उमेर निकै अघि दौडे जस्तो लाग्छ । के रहेछ थाहा पाउनलाई  सोधेको ” सिवानीले थपिन । “आज फुर्सदै होला ? यहीँ नजिकै हो । जाउँ न त ! “पर्शुले नजिकै गएर भने । सिवानीले नाइ भन्नै सकिनन् । दुबै पुरानै जान पहिचानका जस्तै गरि वार्तालापमा मख्ख पर्दै पर्शुको घरै नजिकको पिपल बोटमा पुगे र  फलैचामा टुसुक्क बसे ।

निकै बेरको भलाकुसारी पछि दुबै आ-आफ्नो  बाटाे लागे । पर्सि पल्ट देखि पर्शु र सिवानी सगै मर्निङ वाकमा आउने जाने गर्न थाले । एक्लो पर्शुले साथी पाएकोमा  मख्ख थिए ।  ” हैन, मिलनको अवसरमा अरू नभए पनि चियाको भए पनि पाटी त हुनै पर्यो नि ” विहानको भेटमा कहिले काहिँ  साथी भाईको चसाक चुसुक छड्के पनि जान्थ्यो  । बिस्तारै साथी भाइको जम्मघट् पनि बढ्यो । कहिलेकाहीँ  घुमफिर पनि हुन थालेको सबैले चर्चा गर्थें पनि ।

सिवानी र पर्शुको मिलन भएको एक महिना पुगेकै थिएन । पर्शु एक्कासी नसाको समस्याले थलिए । पर्शुको पहिलो घरवारमा अन्तरविरोध भएको कारण श्रीमती र छोरासगँ अदालती प्रक्रियाबाटै छुट्टीएका रहेछन । झण्डै आधाजति बेच विखन गरेर बैंकमा फिक्स डिपोजितमा राखेको कुरा विरामी परेपछि पर्शुले भने ।

सबै थाहा पाएर सिवानी अक न वक भइन । सिवानीले विश्वास नगर्लि भनेर पर्शुले भने, ” सानू म तिमीलाई पनि फिक्समा अलिकति पैसा राखिदिन्छु । त्यति पैसा भएपछि तिमीलाई दुख हुन्न बुझ्यौ ।” सिवानी केही बोलिन ।

घर परिवार भएको  र जोडिएको व्यक्तिसगँ आफुले सम्बन्ध राखेपछि सन्चो विसन्चोमा पनि त  उनीहरूलाई खबर गर्नै पर्यो  नि ! भनेर , सिवानीले पर्शुलाई भनी, ” बाबा हजुरले छोराछोरीलाई खवर गर्नुस् न । विसन्चो भएको कुरा  सबैले थाहा पाउनु पर्छ नि ! ” हुन्देउ सानू ! तिनीहरू पापी छन । म मरें भने तिनीहरूलाई खवर नगर्नु है ! तिमीले नै सबै गर्नु ।”
पर्शुका कुरा सुनेर झन सिवानीलाई डर लाग्यो ।

सिवानीले आफ्नो उमेर सम्झी, जागीरे जीवन सम्झी, माइतीमा बुवा आमा र बहिनी सम्झी ।मनमा अनेकौ रहर हुँदा विहे गरिन । भावना र उत्तेजना मरिसके पछि अहिले आएर  मैले  गरेको चाहिँ के  होला ? भन्दै कल्पि रहिन । त्यो पनि घरबार भएको झण्डै सात दशक लाग्न लागेको मान्छेसँग । आफै देखि छक पर्दै दिक्क मान्दै टोलाइ रहेकी थिइन । आँसुका ढिका खसेको देखेर पर्शुले सोधे, ए सानू तिमी कता हराको,म ठिक भै हाल्छु नि । धत लाटी ! ”

“पुछ आँसु , रूनु हुन्न “भन्दै छेउतिर घिसारिदै नजिकै आए । सिवानीले आशु पुछिन । हैन हैन ! भन्दै चुप लागिन । अनायासै विरामी परेका पर्शुलाई सिवानीले नजिकैको नर्भिक अस्पतालमा भर्ना गरिन। राम्रै डाक्टरलाई देखाइन । समय विते जस्तै गरि पर्शु पनि गल्दै गए ।पर्शु विस्ताराबाट हलचल गर्न नसक्ने हुँदै गएको बुझेपछि सिवानीले छोराछोरी सहित श्रीमतीलाई खबर गर्न बिन्ति गरिन । पर्शुले पनि आफू गल्दै गएको जस्तो लागेर होला साथीभाइ खोजे ।

सिवानीले साथीहरूलाई कल गरिन । साँझ अस्पताल पर्शुका साथीहरूले भरियो । फलफुल,जुस र बिस्कुटको ओइरो लाग्यो तर श्रीमती र छोराछोरी आएनन् । सिवानी निकै दुखि भइन तर त्यो भन्दा बढी उनले के पो गर्न सक्थिन  र ?

पर्शु विरामी परेपछि सिवानीको  अफिस जाने आउने काम बन्द भयो । विरामीलाई यो पकाउ,उ पकाउ,पुर्याउ,कुर , दिसापिसाब गराउ,लुगा फेर गर्दै समय पुग्दैनथ्यो । कसरी अफिस जाउन र !  पर्शुको शरीरलाई रोगले गाल्दै गयो । डाक्टरले पनि माया मारे जस्तो कुरा गर्न थाले ।

सिवानीलाई डर लाग्यो कतै केही भै हाल्यो भने छोराछोरीले थाहा नपाउदा मलाई समाजले के भन्ला ?  तै पनि अन्तिम प्रयास त गर्छु भनेर पर्शुका साथीहरूलाई खवर गरिदिन अनुरोध गरिन ।  पुन : खवर पठाएको चार दिन पछि बल्लतल्ल छोरा र छोरी पर्शुलाई हेर्न आए तर टाडैबाट हेरेर पाँच मिनेट पनि नबसी हिडिहाले । सिवानी छक्क परिन । साथीहरूले यस्तै हुन यिनीहरू भने । विहे गरेको तीन महिना नवित्दै लोग्नेको यो गति भएको कुराले पिल्सिएकी सिवानी बुढाको घरवार भएका छोराछोरी देखेर छक्क परिन् ।

मनमा सोचेको र भोगेको फरक हुन्छ भन्थें , हो जस्तै लाग्यो । जे परे पनि सहनै पर्छ । जे त होला ! साथी भाईले साथ देलान नि भनेर चुप लागिन। विहानै बुढाकी छोरी सृजना अस्पतालमा हसयाङ फस्याङ गर्दै आइ । बोलौ कि नबोलौ जस्तो गरेर बोली, आन्टी पैसा कति लाग्यो ? यहाँ राखेको कति दिन भो ? वीर अस्पताल लानुपर्ने ? भन्दै यता र उता गर्न थाली ।

एक्कै छिन पछि छोरा पनि आयो । साथमा एउटा मानिस पनि थियो । खै के के मा छाप लगायो । सिवानीलाई  त  लाग्यो कि ; पर्शुको स्वास्थ्य परिक्षण गरेको रहेछ भनेर । सिवानीले त्यति याद पनि गरिन । भरे त बैकंको मान्छे पो रहेछ ।त्यो कुरा पनि पछि पर्शुले इशारा गरेपछि पो थाइ सिवानीले ।

छोराछोरी आएको तीन दिन पछि पर्शुले संसारबाट विदा लिए ।  सिवानी विछटै रोइन । पर्शुलाई बचाउने कुनै उपाए नै थिएन । रोएर पनि त हुदैन थियो । मन बुझाउदै सिवानीले दाहा संस्कार देखि काजक्रिया सबै  भक्कानिदै सकिन । जेठीपट्टिका  छोराछोरी र श्रीमतीले कहिँ अनुहार देखाएनन्।

पुर्विय संस्कारमा गरिने सबै कर्महरू सिवानीले निकै दतचित्त भएर गरिदिइन।  काम सकेपछि पनि चोखोनितो र सेतो पहिरन मै वर्ष दिन सम्म बसिन । वर्षदिनको काम पनि राम्रै सगँ गरिन । रिनै काडेर भए पनि सप्ताह लगाउने निर्णय गरिन ।

कुनै दिन कतै केही काममा सहभागी नभएका छोराछोरी एक्कासी वर्ष दिन पूरा भएपछि डेरामा आए । डेरामा छिर्ना साथ नानाथरी गालीगलौज गर्दै अब तेरो काम सकियो तँ जा भन्दै गलहत्ताए। लछारपछार पारे । तँ को होस ? हामीलाई मतलव छैन भन्दै थुक्दै लातले हान्दै कोठाबाट बाहिर निकाल्न खोज्दै थिए । सिवानी सहन नसकेर रोँई । माथिबाट घरवेटी  कराउदै आए  ” ए के गरेको हँ ? तिमीहरूले छोडेर , अंशबन्डा गरेर छुटिएर बसेको बाबुले विवाह गरेर  तिमीहरूका बाबू थलापरेको बेला यिनी नभएको भए पानी कस्ले खुवाउथ्यो हँ ।
लास उठाउने मानिस नहुने रहेछ । त्यस्तो सहयोग गर्ने बाबुले विहे गरेर ल्याएकी  तिमीहरूकी आमा हुन । किन कुटेको हँ ? ” भन्दै गाली गरेपछि फन्कदै निस्कीए ।

किन ? यसो गरेको होला ! यसमा सिवानीको कुनै दोष त थिएन । न सिवानीले भावनात्मक सुखको अनुभूति गर्न पाई , न घुमफिर र अनिमुनको रमाइलो । लगभग छ दशक पछि जोडिएको भावनात्मक सम्बन्ध तीन महिना पनि रहेन । त्यो पनि जसलाई सर्वस्व ठानेर जीवनको अन्तिम सम्म साथ दिइन तिनैका सन्तानहरूको कुटपिट र लछारपछार ! छोराछोरीको परा देखेर सिवानी तीन छक्क परिन । त्यो दिन सिवानीको लागि निकै पीडा दायक नै बन्यो ।

अखिर हिजो देखीको एकाङ्कीपन  तीन महिना पछि पुन: निकै गहिरो चोट र अनाहकको खोट लागेर चोइटियो । आखिर फेरि एक्लाएक्लै ! प्राय दिउँसो ढोका थुनेर भक्कानिदै रूने सिवानीको दिन चार्या भित्रको एउटा प्रमुख काम बन्यो । पुनः कार्यलयीय बन्न नसकेकोले दैनिक आम्दानीका श्रोतहरू सकिदै गए । बचेको सम्पति सबै पतिदेवको उपचारमा सकियो ।

श्रीमानले अँशमा पाएको पनि छोरा र छोरीले कुम्ल्याए ।  सिवानीले यसो सोचिन, मैले त पहिलो विवाह नै गरेकी थिएँ । अंशबन्डा भएर छुट्टिएको एकल पुरूषसँग । सम्पत्ति नै छुट्याएर फरक भएका बाबुले विवाह गरेको देखे पछि छोराछोरीले  के गरेका हो के ? भन्ने कुराले सिवानी बेला बेला  छट्पट्टिन्थिन ।

तर उपाय विहिन सिवानीको साहारा वा सल्लाह दिने कोही भएन।  हिजो पर्शुसँग सम्बन्ध जोडिदा खुसि हुनेहरू पनि अब भेट्दा बोल्न नपरे हुन्थयो जस्तो गर्न थाले । बल्ल सिवानीले थाहा पाइन  छोराछोरीले बाबुले बैंकमा राखेको सबै रकम हात पारीसकेका रहेछन । बाबुको नामको दुई करोड हात पारे पछि पनि पाँच लाख बाँकी रकम मात्रै  सिवानीको नाम थियो । त्यो उनको नाममा  राखेको थाहा पाएछन । त्यहि रकमको लोभले  फर्काउदीन भनेर कुटपिट लछारपछार गरेका रहेछन ।

त्यो पाँच लाखमा  उनको सन्चय कोषको तीन लाख थपेर पर्शुको अस्पतालको हिसाब बुझाएको अब सिवानीलाई कस्ले दिने होला ? विवाह गर्ने वितिकै पर्शुले सिवानीसँगको बसउठलाई कानूनी मान्यता दिन वडा कार्यालय लगेर विवाह दर्ता गराएका रहेछन । त्यो बेला उनले भनेका थिए रे  , ” सानू यो तिम्रो कानूनी हतियार हो । अब दुख पाउँदिनाै ।  अब सबै कुराको म व्यबस्था मिलाई दिन्छु । तर उनले बाकी कुनै कुराको ब्यबस्थापन गर्न नपाई थलिए ।

सिवानीले मेरो पनि अधिकार छ । न्याय दिलाइ दिनुस् न भनेर धेरै अधिकारवादी संस्थाहरू डुलिन तर दोस्रो विहे गरेकी रहिछन् भनेर सबैले कुराले ठिक पारे कामको सिन्को पनि भाचेनन् । दुइवर्ष लगभग हुन लागेको थियो होला नसाको समस्याले  सिवनी  नराम्रोसंग विरामी परिन् ।

त्यसै विचमा  घरबेटीले पनि अब हामीलाई घर छोडिदिनु है भने । सिवानी अक्क न बक्क भइन । आफुलाई सहयोग चाहिँ बेलामा पाटीमा बस्न जानू पर्यो । निकैबेर शिर उठाउन नसकेकी सिवानी भक्कानिदै अललिदै  आशुले नुहाए झै भएर डेरा छोड्न बाध्य भइन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata