अमेरिकी इतिहासमा एकैपटक १६ टन लागूऔषध बरामद

बजारभाउ करिब एक अरब अमेरिकी डलर बराबर

बुधबार, असार ४, २०७६



एजेन्सी । अमेरिकामा १६ टन लागूऔषध बरामद भएको छ । अमेरिकी अधिकारीहरुले बताए अनुसार अमेरिकाको पश्चिमी क्षेत्रमा अवस्थीत फिलाडेल्फियाको एक बन्दरगाहमा करिब  एक अरब अमेरिकी डलर मूल्य बराबरको लागूऔषध बरामद गरिएको छ  ।

फिलाडेल्फियाको भूतपूर्व अधिकृत विलियम म्याकस्वैनले ट्वीट मार्फत बताएका छन्, “संयुक्त राज्य अमेरिकाको इतिहासमा  भारी मात्रामा पहिलोपटक लागूऔषध बरामद भएको हो । विगतमा थोरै मात्रामा लागूऔषध बरामद गर्दै आए पनि अमेरिकी सरकारले हालसम्म यति ठुलो मात्रामा लागूऔषध बरामद गर्न सफल भएको थिएन ।”

लागूऔषध बरामद गर्ने क्रममा प्रहरीले जहाज सहित सम्पूर्ण चालकदलका सदस्यहरु समात्न सफल भएको छ । उनीहरु सजायको भागिदार हुनेछन् ।” एम सी स्वैन्स नामक अफिसियल सरकारी कार्यलयको ट्वीटर मार्फत जनाइएको छ ।

स्थानीय मिडियाको अनुसार पानामा र बहामास नहर भएर चिली हुँदै युरोप तर्फ जान लागेको एमएससी गायाना नामक कार्गो जहाजको सात वटा कन्टेनर लागूऔषधले भरिएको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata