प्रदेश नम्बर -२ का नेकपा कार्यकर्ता कुस्तीमा उत्रिए !

मङ्लबार, भदौ २४, २०७६



महोत्तरी ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर- २ अन्तर्गतको दुई जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमस्थलमा झडप भएको छ ।महोत्तरीको बर्दिबासस्थित सेवा समितिको हलमा सिरहा र सप्तरी जिल्ला कमिटीको सपथ ग्रहण कार्यक्रममा विवाद चुलिँदै गएपछी झडप स्थिति सिर्जना भएको हो ।

झडपका क्रममा प्रदेश नम्बर २ का प्रदेश कमिटी सदस्य (सप्तरीको राजविराज नगरपालिका– ८ का) देवनाथ यादव घाइते भएका छन् ।  झडपका क्रममा प्रहरीको लाठी चार्जबाट यादवको टाउकोमा चोट लागेको जनाइएको छ ।

मनोनयनमा पार्टीका नेताहरुले एकलौटी गरेको भन्दै एक समूहले विरोध गर्दै आएको थियो । विरोधका बीच अरु जिल्लाको सपथ कार्यक्रम स्थगित गरेर सिरहा र सप्तरीको सपथग्रहण तय गरिएको थियो । नेकपाका केद्रिय सदस्य राजु खड्काले सिरहा र सप्तरी बाहेक अन्य जिल्लाको शपथ ग्रहण स्थगित भएको जानकारी दिए ।

आज बर्दिवासमा सिरहा, सप्तरी, महोत्तरी लगायतका ६ जिल्लाको कमिटीको शपथ गराउने तयारीे गरिए पनि अन्तिम समयमा आएर ४ जिल्लाको शपथ  स्थगित गरिएको प्रदेश कमिटी सदस्य राम पुकार यादवले जानकारी दिएका छन्  ।

उनका अनुसार पार्टी नेतृत्वले जनयुद्धजि  पृष्ठभूमिबाट आएका शहिद, वेपत्ता परिवार र पार्टीमा वर्षौँदेखि  क्रियाशिल रहेका कार्यकर्ताहरुलाई पूर्णरुपमा उपेक्षित गरी समावेश नगरिएको भन्दै असन्तुष्ट कार्यकर्ताहरुले शपथ ग्रहण बिथोलेपछि झडप हुन पुगेको हो ।

शपथ ग्रहण गराउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल आउने तयारी भए पनि पार्टी भित्रकै विवादका कारण सहभागी नभएको बताइएको छ ।

झडपपछि प्रहरीले अध्यक्ष प्रभु साहलगायतलाई सुरक्षित स्थलतर्फ लगेको छ भने हालसम्म पनि कार्यक्रमस्थल शान्त बनेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata