चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

बिहिबार, बैशाख १८, २०७७



आज देशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

अहिले पश्चिमी र स्थानीय वायु तथा पूर्वी भू-भागमा बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुका साथै बंगालको खाडी/अरब सागरबाटसमेत जलवाष्पयुक्त हावा प्रवेश गरेकाले अझै केही दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले २४ घण्टामा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले सतर्क रहन आग्रह गरेकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments