अझै केहि दिन भारी वर्षा, सर्तकता अपनाउन आग्रह

सोमवार, असार ३०, २०७६



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका कतिपय भागमा अझै केही दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज देशको मध्य तथा तथा पूर्वी भूभागमा सामान्यदेखि पूर्णतया बदली रहेको र पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ। अहिले पश्चिमी तथा मध्य भूभागका केहि स्थानहरु तथा पूर्वी भूभागका धेरै स्थानहरुमा मनसूनी वर्ष भइरहेको छ ।

‘देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्वी तथा मध्य क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक वा दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ,’ महाशाखाद्वारा जारी मौसमसम्बन्धी बुलेटिनमा उल्लेख छ ।

मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेकाले मनसुनी गतिविधि देशभर सक्रिय रहने महाशाखाले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata