मनसुनी वर्षा: नदीहरूमा आकस्मिक बहावको संभावना

सतर्कता अपनाउन आग्रह

आइतवार, साउन ५, २०७६



काठमाडौं । पछिल्ला केहि दिनदेखि पर्दै–रोकिँदै गरेको मनसुनी वर्षा पुन: सक्रिय हुने छाँटकाट देखिएको  मौसमविद्हरू बताउँछन् । विशेषगरी काठमाडौँ क्षेत्रमा अबको केही दिन भारी वर्षा हुने केही दिनयता राति र दिनमै पनि केही समय चर्को वर्षा राजधानीमा हुने गरेको छ ।

असार २६, २७ र २८ गते अविरल परेको वर्षाका कारण मध्य र पूर्वका नदीमा बाढी आउँदा तराई क्षेत्र डुबानमा परेको थियो । त्यसपछि मत्थर हुँदै गएको वर्षा शनिबारदेखि फेरि सक्रिय हुने बाटोमा अग्रसर रहेको मौसमविद् मञ्जु बासीले बताए ।

निकै आकाश खुले पनि छिनमै बादल लागेर भारी वर्षा हुँदा विशेष गरि प्रदेश १, २, ३  र ५ को मध्यपहाडी तथा चुरेको भुभागबाट बहने केही साना नदीहरूमा आकस्मिक बहावको संभावना रहे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यूनचापीय रेखा नेपालको दक्षिणमा रहे पनि बङ्गालको खाडीबाट नेपाल प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको असरले मध्य र पूर्वमा मनसुन फेरि सक्रिय हुन थालेको उनको भनाइ थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata