पाकिस्तानमा वर्षाको वितण्डा: मृत्यु हुनेको संख्या १६ पुग्यो

मङ्लबार, साउन १४, २०७६



एजेन्सी ।  पाकिस्तानमा गए राति देखि लगातार वर्षा भइरहेको छ ।  सरकारी अधिकारिले पाकिस्तानी सञ्चार माध्यम डनलाई बताएअनुसार पाकिस्तानको विभिन्न क्षेत्रहरु डुबानमा पर्दा हालसम्म १६ जनाको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा १२ पुरुष, एक  महिला र तीन बालबालिका रहेका छन् । साथै घटनामा ६ महिला सहित १८ जना सख्त घाइते भएका छन् ।

प्रहरी अधिकृतले बताएअनुसार सिन्धु नदि आसपास परेको चट्याङका कारण तीन जनाको मृत्यु भएको छ भने देशको विभिन्न क्षेत्रहरुमा बिजुली कटौती गरिएको छ । बिजुली कटौतीको कारण कराँचीको सिन्ध उच्च न्यायालय प्रभावित भएको छ । यस्तै  पाकिस्तानको उत्तर-पश्चिम खैबर – पख्तुनख्वा प्रान्तमा दुई बच्चाको साथ एक महिला सहित पाँच जनाको मृत्यु भएको छ । प्रान्तीय आपद प्रबन्ध निर्देशकका अनुसार शांगरीलामा दुई जना, मानसेहरा एवं एबटाबादमा एक व्यक्तिको मृत्यु भएको छ ।

‘एक्सप्रेस ट्रिब्यून’ले बताएअनुसार  भारी वर्षाको कारण पाँच घर, दुई झुपडी साथै तीन स्कुल भवन  बगेको छ । तिरीच मीर तथा कोश्त क्षेत्रमा सवारी आवागमन अवरुद्ध भएको छ । स्रोतको अनुसार पन्जाव प्रान्तको सरगोधा शहरमा एक घरको छत भत्किदा  दुई बालबालिकाको मृत्यु भएको छ । साथै शेखुपुरामा घरको छत खस्दा पाँच जना घाइते भएको बताइएको छ ।

पाकिस्तानी मौसम विभागका अनुसार आगामी २४ घण्टामा  वर्षा र बाढीको सम्भावना अत्याधिक रहेको छ ।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata