वर्षाको वितण्डा : १९ जनाको ज्यान लियो, ७ अझै बेपत्ता

मुलुकवासीलाई ‘अलर्ट’ रहन प्रहरीको आग्रह

शनिबार, असार २८, २०७६



काठमाडौं । ढिलो गरि मुलुक भित्रिएको मनसुन पछी आम मानिसहरु खुशी देखिन्थे । असार महिना करिब बिदा हुनै लाग्दा निरन्तर भइरहेको वर्षाका कारण उपत्यका सहित  मुलुकको विभिन्न ठाउँमा वर्षाको ताण्डव मच्चिएको छ । ढिलो गरि आएको मनसुनको खुशी वर्षाको ताण्डव सँगै दु:खका समाचार प्राप्त भइरहेका छन् ।

बिहिबार बेलुका देखि नै परेको अविरल  वर्षाले उपत्यकाको कलंकी, वनस्थली, सामाखुसी, तीनकुने, बानेश्वर, मुलपानी, भक्तपुरको सल्लाघारी, ललितपुरको पाटनलगायत स्थानमा पानी जमेर आवतजावतमा समेत समस्या भएको छ ।

पानी जमेपछि बिहानैदेखि पैदलयात्री र सवारी साधन चलाउनेहरुलाई अप्ठ्यारोमा परेका छन् । पानीको निकासका लागि व्यवस्थित नाला र ढल नहुँद पानी  थुनिएर बस्तीहरु जलमग्न बनेका छन्  ।

निरन्तर वर्षाको कारण बाग्मती नदी, विष्णुमती नदी, धोबी खोलामा पानीको सतह  बढेको छ भने यस आसपासका तटीय क्षेत्रका बाढी निम्तिने खतराका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

बाढी र डुबानको उच्च जोखिमलाई न्यूनीकरण गर्न प्रहरी हेडक्वार्टरबाट खटिएको विपद् व्यवस्थापन टोली र काठमाडौं प्रहरीले बाढी प्रभावित क्षेत्रका नागरिकलाई सर्तकता अपनाउन आग्रह गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले हेडक्वार्टरबाट सहयोगको लागि आएको विपद् व्यवस्थापन टोलीसँग समन्वय गरेर ठाउँ–ठाउँमा प्रहरी स्ट्यान्डबाई राखिएको बताएका छन्  । ‘परिसर मातहतका सम्पूर्ण युनिटलाई रेक्स्यूको लागि स्ट्यान्डबाई रहन भनिएको छ,’ डीएसपी बोगटीले भने, ‘यदि त्यस्तो केही परिहाल्यो भने १०० मा फोन गर्न पनि अनुरोध गर्छौं ।’

देशभर कहाँ कहाँ केके भयो ?

हालसम्म रामेछाप, काभ्रेपलाञ्चोक, भोजपुर, ललितपुर, काठमाडौं, खोटाङ, सिन्धुली, धादिङ मकवानपुर, झापा र पर्सामा गरी १९ जनाले जनाले ज्यान गुमाएका छन् ।

हरी प्रधान कार्यालय, नक्सालका अनुसार सबैभन्दा बढी काठमाडौं र खोटाङमा ३/३ जनाले ज्यान गुमाएका छन् । कार्यालयका एसपी रमेश थापाका अनुसार विपदमा परेर ७ जना घाइते छन् भने ४ जनाको उद्दार गरिएको छ ।

काठमाडौंमा २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव मृत्यु भएको छ ।

ललितपुरमा ११ वर्षीय बालक सरोज जिम्बाको पनि मृत्यु भएको समाचार प्राप्त भएको  छ ।

काभ्रेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगालको मृत्यु भएको छ ।

धादिङको गजुरीमा ८ वर्षीया अस्मिता तामाङ,

यस्तै रामेछापमा ४५ वर्षीया पदमकुमारी सुनुवार, भोजपुरमा ६६ वर्षीय जगतबहादुर र १४ वर्षीय बालक जनक विकको मृत्यु भएको छ ।

त्यसै गरि पर्सामा १० वर्षीय निखिल पटेल, मकवानपुरमा ७ वर्षीया सञ्चना बलामीको मृत्यु भएको छ ।

यस्तै खोटाङमा ३ जना मानिस बेपत्ता छन् भने विभिन्न स्थानमा सयौंका संख्यामा मानिसहरु विस्थापित भएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata