पूर्व र मध्य नेपालका केही स्थानमा भारी वर्षाको सम्भावना

शनिबार, भदौ १४, २०७६



मौसममा सामान्य बदली भई शनिबार देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ। मनसुनी न्यून चापीय रेखा औसत स्थान भन्दा केहि दक्षिणतर्फ रहेको र जलबाष्प युक्त हावा नेपाल प्रवेशको कारणले पूर्वी तथा मध्यका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र पूर्व र मध्यका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले पूर्वी र मध्य पहाडी भूभागमा पहिरोको संभावना र नदीको बहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र पूर्व र मध्यका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले पूर्वी र मध्य पहाडी भूभागमा पहिरोको संभावना र नदीको बहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान
भाद्र १४ गते शनिबार

रातिः देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ साथै मध्य र पश्चिमका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

भाद्र १५ गते आइतबार

दिउँसो : देशभरी सामान्य बदली रही पश्चिमका धेरै स्थानहरुमा र पूर्व र मध्यका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्का देखि मध्यम वर्षा हुनेछ।

रातिः देशभरी सामान्य बदली रही पूर्व र मध्यका थोरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

भाद्र १६ गते सोमबार

दिउँसोः देशभरी सामान्य बदली पूर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata