वर्षाको ताण्डव : कहाँ कहाँ के-के भयो ?

शुक्रबार, असार २७, २०७६



काठमाडौं । ढिलो गरि मुलुक भित्रिएको मनसुन पछी आम मानिसहरु खुशी देखिन्थे । असार महिना करिब बिदा हुनै लाग्दा निरन्तर भइरहेको वर्षाका कारण मुलुकको विभिन्न ठाउँमा वर्षाको ताण्डव मच्चिएको छ । ढिलो गरि आएको मनसुनको खुशी वर्षाको ताण्डव सँगै दु:खका समाचार प्राप्त भइरहेका छन् ।

जनकपुर डुब्यो:

लगातारको वर्षाका प्रदेश २ को को अस्थायी राजधानी जनकपुरधाम सहित सिरहा, सप्तरी  जिल्लाका विभिन्न क्षेत्रहरु डुबानमा परेको छ । भानुचोक, शिवचोक लगायतका मुख्य चोक जलमग्न भएको छ भने घर–घरसम्म पानी पसेको छ । बिहानैदेखि वर्षा जारी रहेकाले  कोशी, बलान, कमला, बकैया नदीको जलस्तर बढेसँगै जिल्लाका बजार, सडकलगायतका अन्य ठाउँ सुनसान देखिएको छ ।

द्फ्गद्ग्स्द

जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय, बाह्रबिघा मैदान, विमानस्थल, जिल्ला हुलाक कार्यालय, प्रदेश २ को स्वास्थ्य निर्देशनालय पनि डुबानमा परेको छ । जनकपुर चुरोट कारखानाभित्र रहेको मुख्यमन्त्रीको कार्यालय, मुरलीचोकस्थित संघीय प्रहरी कार्यालय समेत डुबानमा परेको छ ।

सर्लाहीको १५ गाउँ डुब्यो :

सर्लाहीको बरहथवा नगरपालिका १५ स्थित गाउँ नै डुबानमा परेको छ । गाउँमा पानीको कुनै निकास नभएको र वर्षा अझै जारी रहेको हुँदा स्थानीय १ सय ५० परिवारलाई नजिकैको विद्यालयमा सुरक्षित तरिकाले राखिएको छ ।

सुनसरीको इनरुवा डुबानमा :

यसैगरी लगातारको वर्षाका कारण सुनसारीको इनरुवा क्षेत्र डुबानमा परेको छ । कुरुवा खोला, भोटे खोलामा पानीको सतह बढेसँगै इनरुवा-३ को मुसहर बस्ती, वडा नं. ४ का अधिकांश क्षेत्रहरु डुबानमा परेका छन् ।

सिराहको गोलबजार जलमग्न :

पानीको निकास नहुँदा अविरल वर्षाका कारण इलाका प्रहरी कार्यलय लाहान डुबानमा परेको छ । वर्षा जारि रहेको कारण सर्वसाधारण मानिसको भौतिक र मानवीय क्षति नभएपनि दैनिक जीवन कष्टकर बनेको छ ।

हस्पिटल एरिया र बजार एरिया डुबानमा :

मोरङ जिल्लाको सदरमुकाम विराटनगरको हस्पिटल एरिया र बजार एरिया डुबानमा परेको छ । हिलो र डुबानको कारण जनजीवन प्रभावित बन्न पुगेको छ ।

यस्तै सिंगिया खोलामा आएको बाढीले  विराटनगर–१ को परोपकार घाट आसपासमा रहेको सुकुम्बासी बस्ती डुबाएको छ । यो वस्तीमा करिब ५० घर रहेको र उनीहरूलाई बिहीबार राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

क्ल्कल्क

महोत्तरीको जलेश्वर कारागार पनि जलमग्न :

वर्षाका कारण महोत्तरीको जलेश्वर कारागार पनि जलमग्न भएको छ । करिब एक फिट पानी जमेपछि कारागारमा रहेका कैदीबन्दीलाई खाना पकाउन कठिन भएको जनाइएको छ ।

अविरल वर्षासँगै परेको चट्याङले एक जना घाइते :

प्रहरीका अनुसार सिन्धुलीको गोलान्जोर–२, बित्तिजोरमा अविरल वर्षासँगै परेको चट्याङले एक जना घाइते भएकी छन् । घरमै बसिरहेका वेला ४० वर्षीया निर्मला कार्कीलाई चट्याङ्गले लागेको थियो । घटनालगत्तै उनी बेहोस भएकी थिइन् । अहिले प्राथमिक स्वास्थ्य चौकी ग्वाल्टारमा उपचार भइरहेको छ ।

फ्ग्फ्गफ्ग

सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ ।

मानेभन्ज्याङको भडारे खोलामा  बाढी: 

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ स्थित भडारे खोलामा बाढी आउदाँ सयौं सवारीसाधन अलपत्र छन् । खोलामा एकएक बाढी आएपछि काठमाण्डौँबाट खोटाङ,ओखलढुंगा र सोलुखुम्बु आवतजावत गर्ने यात्रुहरु अलपत्र परेका हुन् ।

मानेभन्ज्याङ गाउँपालिका -४ स्थित जैरुङमा पनि निरन्तरको बर्षाका कारण माथिबाट झरेको भेलबारी सहितको भंगालोका कारण चार घर स्थानीय जोखिममा परेको स्थानिय कुमार राईले बताए ।

सिंहदरबारको पूर्वी गेट छेउको पर्खाल भत्कियो :

यसैगरी शुक्रबार बिहान मुलुकको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार पूर्व गेट छेउको पर्खाल भत्किएको छ । पर्खाल ढलेपछि थुप्रिएको इँटा, माटो पन्छाउने काम  भइरहेको महानगरीय प्रहरी परिसर सिंहदरबारले जनाएको छ ।

फ्ग्गद्द्फ़

नारायणगढ-माडी सडक खण्ड अवरुद्ध :

चितवन प्रहरीका अनुसार माडी–३ र ४ को सिमानामा रहेको मगई खोला र घांगर खोलामा पानीको वहाव बढ्दै गएको छ । नारायणगढ माडी सडक खण्डमा चल्ने सवारी साधन चलेको छैन ।

बागमती र लालकबैया नदीको त्रासमा रौतहट :

यस्तै बाढीको कारण रौतहटको अधिकांश स्थान डुबानमा परेका छन् । जिल्लाको पूर्वमा रहेको बागमती नदि र पश्चिमी भेगमा रहेको लालबकैया नदीको सतह बढेसँगै कटहरिया नगरपालिका वडा ४ हर्षाहा गाँउ उच्च जोखिममा रहेको छ ।

त्यसैगरी बागमतीको बाँध टुटेर धनहारी, गमहरीया, पिपरा रजवाडा लगायतका गाँउ डुबानमा हुने खतरा बढेको छ । गौर, बनजरहा, औरैया, बंकुल, बेलबिछवा,बडहरवा लगायतका गाँउहरु डुबानमा परेको जिल्लाप्रहरी प्रमुख एसपी भुपेन्द्र खडकाले जानकारी दिएका छन् ।

द्स्द्फास

यसैबीच जिल्ला प्रहरी कार्यालय रौतहटले अविरल वर्षासँगै बागमती,लालबकैया, झाँझ, चाँदी लगायतका नदीमा पानीको स्तर बढदै गएकाले सचेत रहन जिल्लावासीलाई अनुरोध गरेको छ ।

सिद्धार्थ राजमार्ग अबरुद्ध :

पाल्पाको तिनाउ–५, केराबारीमा वर्षात्का कारण सिद्धार्थ राजमार्ग अबरुद्ध भएको छ । अहिले त्यहाँ प्रहरी चौकी प्रभाषबाट प्रहरी नायब निरीक्षकको नेतृत्जवमा टोली पुगेको छ । सडक डिभिजन कार्यालयसँगको समन्वयमा बाटो खुलाउने प्रसास भइरहेको जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank