सार्वजनिक यातायातमा अनुगमन समितिको छड्के

शुक्रबार, पुस २५, २०७६



काठमाडौँ । महानगरीय ट्राफिक  प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाल तथा अनुगमन समितिका पदाधिकारीहरूद्वारा आज सुनधारामा २३ वटा भाडाका सार्वजनिक सवारीहरूलाई अनुगमन गरेका छन   । अनुगमनका क्रममा भाडाका सार्वजनिक सवारी तथा चालकमा देखिएका कमीकमजोरीहरूलाई सच्याउनको लागि चालकलाई प्रतिबद्धता पत्र समेत प्रदान गरिएको छ ।

सार्वजनिक यातायात सेवालाई सुरक्षित, मर्यादित र यात्रु मैत्री बनाउनका लागी सवारी चालकको महत्त्वपूर्ण भूमिका रहने भएकोले चालकहरूले पालना गर्नुपर्ने ट्राफिक नियम तथा यात्रुहरू प्रति सेवा भावका साथ आफूलाई बदल्न समेत यस अभियानले महत्त्वपूर्ण भूमिका खेल्न विश्वास गरिएको छ  । सवारी दुर्घटना न्यूनीकरण र सहज ट्राफिक व्यवस्थापनका लागी चालकहरू व्यावसायिक, अनुशासित र दक्षताका साथ आफूलाई उदाहरणीय बनाउँदै चालकहरू प्रतिको विश्वासमा वृद्धि गर्न समेत चालकहरूलाई अनुरोध  गरिएको छ ।

महाशाखाका प्रमुख ढकालद्वारा यही पौष १७ गते भाडाका सार्वजनिक सवारी साधनहरूमा अनुगमन क्रममा देखिएका समस्या तथा महाशाखामा नागरिकहरूले गरेका गुनासोहरूको समेत विषयमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका प्रतिनिधिहरू, मजदुर ट्रेड युनियनका प्रतिनिधि तथा उपत्यकामा सञ्चालित यात्रुवाहक सार्वजनिक सवारी साधनसँग सम्बन्धित विभिन्न कम्पनी र प्रा.लिई. का प्रतिनिधिहरूको उपस्थितिमा पौष २० गते यस महाशाखामा व्यापक छलफल गरिएको थियो । उक्त छलफलबाट १९ बुँदे प्रतिबद्धता निर्णय भएको र उक्त निर्णयहरू कार्यान्वयन गर्न आजबाट अनुगमन सुरु गरिएको हो ।

1

उक्त १९ बुँदे कार्यान्वयन भएर नभएको अनुगमनको लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक तथा अनुगमन समितिका संयोजक प्र‍हरी उपरिक्षक राजकुमार बैदवार, नेपाल यातायात व्यवसायी महासङ्घ सचिव नन्दलाल श्रेष्ठ, नेपाल यातायात व्यवसायी महासङ्घ जिल्ला संयोजक अरुण श्रेष्ठ,नेपाल यातायात व्यवसायी महासङ्घका सदस्य अर्जुन गौतम, अखिल नेपाल यातायात मजदुर सङ्घका सचिव कमल पोखरेल, नेपाल यातायात व्यवसायी महासङ्घका ३ नम्बर प्रदेश संयोजक जगन्नाथ गौतम, नेपाल स्वतन्त्र यातायात मजदुर सङ्गठनका उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठ, महानगर यातायातका कार्यकारी प्रमुख केशव नेपाल तथा अन्य पदाधिकारीहरूको समेत उपस्थिति थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments