३ महिनाको खर्च, तीन दिनमा !

सोमवार, असार ११, २०७५



काठमाडौं  । सरकारले आर्थिक वर्षको सुरुवाती दुई महिनामा खर्च गरेजति बजेट असारको तीन दिनमै सकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) सम्मको पूँजीगत खर्च ४ अर्ब २७ करोड १४ लाख १२ हजार रुपैयाँ हो ।

आर्थिक वर्षको अन्तिम महिना असार लागेलगत्तैका तीन दिन (३, ४ र ५) गतेको खर्च त्योभन्दा बढी अर्थात ४ अर्ब ३७ करोड ७६ लाख रुपैयाँ सकिएको छ । सरकार, योजना आयोग र संसदीय समितिहरुले पुँजीगत खर्च सुधारका लागि अघि सारेका उपाय र मापदण्डहरु यो वर्ष पनि विगतकै झैं उल्लंघन हुने निश्चितप्रायः बनेको छ । –कान्तिपुर दैनिकबाट

111 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank