एक करोड १० लाख भारतीय रुपैयाँ बरामद

मङ्लबार, बैशाख २३, २०७७



काठमाडौं । नेपाल भित्राउँदै गरेको खाली कन्टेर चेकजाँच गर्दा एक करोड १० लाख भारतीय रुपैयाँ बरामद भएको छ ।

मंगलबार विराटनगर भन्सारबाट सशस्त्र प्रहरीले एक करोडभन्दा बढी भारतीय रुपैयाँ बरामद गरेको हो । ‘डब्ल्युबी ७३ ई ७६३५ नम्बरको खाली कन्टेनर जाँच गर्ने क्रममा नेपाल–भारत संयुक्त जाँच चौकी (आइसिपी) हुँदै नेपाल भित्र्याउँदै गरेको अवस्थामा उक्त रकम फेला परेको भन्सार कार्यालयका प्रमुख शिवप्रसाद भण्डारीले जानकारी दिए।

रकम ल्याउने चालक र सहचालकलाई नियन्त्रणमा राखिएको र उनीहरुको नाम गोप्य राखिएको भन्सार कार्यालयले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments