प्रमुख न्यायाधिवक्ता निरौला ८० हजार रुपैयाँ घुससहित पक्राउ

मङ्लबार, मंसिर ४, २०७५

nepali-money कर आतंक: समस्या र समाधानबुटवल । रुपन्देहीका जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख कोषहरि निरौला घुससहित पक्राउ गरेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको छ । आयोग टोलीले सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै रकम लिइरहेको अवस्थामा प्रमुख न्यायाधीवक्ता निरौलालाई घुसवापतको ८० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो ।

आयोग केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले मंगलबार कार्यालय खुल्नासाथ घुस लिइरहेको अवस्थामा निरौलालाई पक्राउ गरेको हो । उनले ठगी मुद्दा मिलाइदिने भन्दै घुस लिएको अख्तियारले जनाएको छ । आयोग प्रवक्ता सहसचिव रामेश्वर दंगालले निरौलालाई घुससहित पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिने जानकारी दिए ।

177 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank