कर्मचारी र व्यापारी मिलेर लुट्छन् दैनिक ३५ करोड

शनिबार, फाल्गुन १९, २०७४



काठमाडौं । भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी–व्यापारीबीचको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खलेको छ ।

चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिडवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरूलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिव ३५ करोड रुपैयाँ राजस्व बढी उठेकाले मिलेमतोमा दैनिक करोडौं रुपैयाँ राजस्व गुमिरहेको खुलेको हो ।

मेलापर्वबाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालयले औसतमा ८५ करोड रुपैयाँ राजस्व उठाउँदै आएका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

नयाँ अर्थमन्त्रीले भन्सार प्रमुखहरूलाई निर्देशन दिएकै दिन भने राजस्व एक अर्ब २० करोडभन्दा बढी असुली भएको छ । अन्य दिनको तुलनामा शुक्रबार भएको असुली कम्तीमा ३५ करोड रुपैयाँ बढी हो ।

यो तथ्यांकको आधारमा भन्सारमा व्यापारी र कर्मचारीको मिलेमतोमा राज्यले दैनिक ३०–३५ करोड रुपैयाँ राजस्व हिनामिना हुँदै आएको आशंका गरिएको छ ।

यो तथ्यांकलाई मान्ने हो भने वर्षमा एक खर्ब २२ अर्ब रुपैयाँ राजस्व अपचलन भएको देखिन्छ। एक वर्षमा ३६५ दिन हुने भए पनि भन्सार कार्यालय ३५० दिन खुल्छन्।

256 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank