बिना विभागीय मन्त्री भएको ६८ दिन यसरी दिए सामुहीक राजिनामा

माओवादी केन्द्रका मन्त्रीहरुद्वारा राजिनामा

शुक्रबार, पुस २८, २०७४



काठमाडौं । माआअ‍ेवादी केन्द्रबाट सरकारमा सहभागि सबै मन्त्रीहरुले आज एकै साथ प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष राजिनामा बुझाएका छन् ।

मन्त्रिपरिषदको बैठक पछि पूर्व स्वास्थ्य मन्त्री गिरीराजमणि पोखरेलले पार्टीको पत्रसहित सबै मन्त्रीहरुको राजिनामा प्रधानमन्त्री देउवालाई बुझाएका हुन्।

सरकारमा माओवादीका तर्फबाट उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा मन्त्रीहरु जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साह, राज्यमन्त्रीहरू मोहम्द जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पा सहभागी थिए ।

एमाले र माओवादी केन्द्र मिलेर वाम गठबन्धनको घोषणा गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भाग लिने भएपछि सरकारमा माओवादीका तर्फबाट सामेल भएका सबै मन्त्रीहरुको पद खोस्दै प्रधानमन्त्री देउवाले उनीहरुलाई बिना विभागीय मन्त्री बनाएका थिए।

303 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank