साहित्यकार मोहनराज शर्माको निधन

बिहिबार, माघ १०, २०७५



काठमाडौं । साहित्यकार एवं समालोचक मोहनराज शर्माको ७८ वर्षको उमेरमा निधन भएको छ । वि.स.१९९७ सालमा काभ्रेस्थली,  काठमाडौंमा जन्मेका साहित्यकार शर्माले नेपालीमा एमए सम्मकाे अध्ययन पश्चात प्राध्यापनमा लामो समय विताएका थिए ।

पिता रुद्र प्रसाद शर्मा र माता तारा देवी शर्माका सुपत्र मोहनराज शर्मा, बैकुण्ठ एक्सप्रेस नाटक २०२२ ग्रन्थका लागि मदन पुरुस्कार २०४२ बाट सम्मानित भएका थिए ।

यस सँगै २०४० को मैनाली कथा पुरस्कार, २०४४ मा त्रिविवि सेवा पदकबाट समेत शर्मालाई  सम्मान गरिएकाे थियाे। साहित्यकार शर्माले नेपाली साहित्य जगतलाई ठुलो गुन लगाउँदै एघार वटा कृती छोड्दै उपचारको क्रममा काठमाडौंको नेशनल अस्पतालमा अन्तिम श्वास लिए ।

वि स  २०१६ मा पहिलो पटक  बिलु निबन्ध प्रकाशित गरेका शर्माका  समालोचना,कथा,काव्य र व्याकरण लगायतका कृतिहरु प्रकाशित रहेका छन् ।  लामाे समय देखि मधुमेह, रक्तचाप र अन्य राेगबाट पीडित शर्माकाे निधनले नेपाली  साहित्यमा ठूलाे क्षति पुगेकाे छ । शर्मा प्रति नेपालपाटी परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata