प्रधानमन्त्रीको सिफारिसलाई राष्ट्रपतिले अस्विकार गर्नै मिल्दैन्ः मन्त्री बस्नेत

मङ्लबार, फाल्गुन १, २०७४



काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभाको लागि सरकारले मनोनित गरेका तीन जनाको नाम राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गर्ने विश्वास दिलाएका छन् । मंगलबार राजधानीमा आयोजित साक्षात्कारमा उनले सरकारले गोपाल बस्नेत, कृष्ण पौडेल र चाँदनी जोशीको नाम राष्ट्रपतिसमक्ष पठाइसकेकोले उक्त नाम अनुमोदित बताए ।

उनले वर्तमान सरकार गठन हुँदा जुन अवस्थामा थियो अहिले पनि त्यही हैसियतमा रहेको जिकिर गरे । उनले भने, ‘राजीनामा नदिएसम्म कामचलाउ हुँदैन, प्रधानमन्त्रीले राजीनामा दिएपछिमात्रै कामचलाउ हुन्छ ।’

बस्नेतले प्रधानमन्त्रीले गरेका सिफारिसहरूलाई राष्ट्रपतिले अस्विकार गर्नै नमिल्ने जिकिर गरे । उनले थपे, ‘यदि प्रधानमन्त्रीले संविधानसम्म्त रुपमा गरेका सिफारिसहरूलाई राष्ट्रपतिले अस्विकार गर्नुभयो भने यो त क्याविनेट प्रणालीमाथिको प्रश्न हो नि, मलाई विश्वास छ, राष्ट्रपतिले नाम अनुमोदन गर्नुहुन्छ ।’

मन्त्री बस्नेतले एमाले अध्यक्ष केपी ओलीसहित कतिपय शीर्ष नेताहरुले आफूहरूले गरेका निर्णयहरु अब बन्ने सरकारले नमान्ने भनेर सार्वजनिक अभिव्यक्ति दिएकोप्रति कडा आक्रोश पोखे । उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले हामीले गरेको मनोनित मान्दैनौं भनेको सुनियो, पार्टीको बैठकले वा मुखले आफू अनुकुल भनेर हुँदैन् । लहडमा बोल्ने काम हिजो पनि भएको थियो, हामीले त संविधान अनुसार काम गरिरहेका छौं ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले छिट्टै राजीनामा दिने पनि उनले विश्वास दिलाए । बस्नेतले भने, ‘हामी चाँडोभन्दा चाँडो नै सत्ताबाट बाहिरिन चाहन्छौं, प्रधानमन्त्रीको राजीनामाको लागि अब धेरै दिन कुर्नुपर्ने छैन् ।’ उनले आफूहरु मुलुकमा संवैधानिक भ्याकुम नआओस् भन्नेतर्फ पूर्ण रुपमा सचेत रहेको बताए ।

उनले आफूहरु अब जिम्मेवार प्रतिपक्षको भूमिकामा खरो उत्रने पनि स्पष्ट पारे । मुलुकमा ठूलाठूला परिवर्तनहरू कांग्रेसकै नेतृत्वमा सम्पन्न भएकोले कांग्रेसबाहेक अरुले केही गर्न नसक्ने उनको ठोकुवा थियो ।

121 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank