इरफान खानको टी २० रेकर्ड

सोमवार, भदौ ११, २०७५



ब्रिजटाउन । करिब दुई बर्ष देखी पाकिस्तानी क्रिकेट टिममा आफ्नो स्थान सुरक्षित गर्न असफल सात फुट भन्दा अधिक उचाईका मोहम्मद इरफान बारबाडोसमा भइरहेको टी -२० खेलमा नयाँ रेकर्ड बनाउन सफल भएका छन ।

सेन्ट किट्स र नेबिसको बिरुद्ध खेलिएको खेलमा चार ओभर बलिङ्ग गर्दै तीन मेडन ओभर सहित किफायती बलिङ गरे । रेकर्ड म्याचमा फालिएको २४ बलमा २३ डट बल राख्दै केवल १ रन खर्चेर २ खतरनाक ब्याटस म्यान क्रिस गेल र इविन लुईसको सिकार गर्न सफल भए । ३६ बर्षीय इरफान खान क्यारेबियन प्रीमियर लीगमा बारबाडोस ट्राइडेटसको तर्फ बाट खेल्ने गर्छन् ।

बाँया हाते बलर इरफान खानले अहिले सम्म ४ टेस्ट , ६० वान डे र २० टी – ट्वान्टी खेल पाकिस्तानको राष्ट्रीय टिम बाट खेलेका थिए । अधिक उचाईको कारण अतिरिक्त गती दिन सक्ने खान सन २०१० मा इङ्ल्याण्डको बिरुद्ध अन्तराष्ट्रीय म्याचमा डेब्यु गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments