ओलीप्रति आभार प्रकट गर्दै मोदीले भने–‘यो पुरै भारतको सम्मान हो’

शुक्रबार, बैशाख २८, २०७५



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफुलाई गरेको सम्मानप्रति प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार प्रकट गरेका छन् । उनले ओलीलाई सम्वोधन गर्दै भने, ‘प्रधानमन्त्रीजी आफै मलाई स्वागत गर्न जनकपुर आउनु भएको छ । यो स्वागत सम्मानका लागि हृदयदेखि आभार प्रकट गर्न चाहन्छु ।’

उनले आफ्नो स्वागतका लागि गरिएको सुव्यवस्थाको लागि पनि प्रधानमन्त्री ओलीसहित सम्पूर्ण नेपालीमा आभार प्रकट गरे । उनले भने ‘यो सम्मान मेरा लागि मात्र होइन, पुरै भारतका लागि गरिएको सम्मान हो ।’ मोदीले नेपालले पर्यटन विकासमा ठूलै फड्को मारेको समेत बताए ।

जनकपुरधामस्थित जानकी मन्दिरबाट मोदीले सम्बोधन गरेपछि ओलीले गरेका थिए । ओलीले अहिले पनि अयोध्याबाट रामको जन्ती आउने र जानकीलाई विदाइ गर्ने प्रचलन अझै रहेको चर्चा गरे । उनले भने, आज त्यस परम्पराको सिलसिलालाई माथि उठाउन मोदीजी आउनु भएको छ । यसले हामी दुई देशका बीचको परम्परागत मैत्री सम्वन्ध, सास्कृतिक सम्वन्धलाई प्रतिविम्वित गर्छ ।’

146 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank