भारतीय प्रधानमन्त्री मोदी र अध्यक्ष यादवबीच भेटवार्ता

शनिबार, बैशाख २९, २०७५



काठमाडौ ।
नेपालको राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन ।

शनिबार भएको भेटवार्तामा दुई देशको सम्बन्ध, आपसी हित र चासोका विषयमा विचार विमर्श भएको थियो ।

पारस्परिक सहयोग र विकासका विषयमा प्रधानमन्त्री मोदीसँग कुराकानी भएको अध्यक्ष यादवले जानकारी दिए ।

उनले भने, “मुलुकको समृद्धि र दुई देशबीचको सम्पर्क सञ्जाल विस्तार गर्ने विषयमा भारतीय प्रधानमन्त्रीसँग महत्वपूर्ण र सकारात्मक छलफल भएको छ ।

प्रधानमन्त्री मोदीले अध्यक्ष यादवसँग एक्लै भेटवार्ता गरेका हुन ।

112 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank