प्रचण्डले आज मोदीसँग छलफल गर्दै

शनिबार, भदौ २३, २०७५



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाद प्रचण्डले आज भारतीय प्रधानमन्त्रीसँग छलफल गर्दैछन् । भारतको औपचारिक भ्रमणका क्रममा दिल्लीमा रहेका प्रचण्डले आज प्रधानमन्त्री मोदीसँग छलफल गर्नेछन् ।

प्रचण्डले आज दिउँसो साढे १२ बजे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ७ लोककल्याण मार्गस्थित प्रधानमन्त्रीनिवासमा भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा नेपाल र भारतबीच यसअघि भएका सम्झौता र सहमति कार्यान्वयनका विषयमा छलफल हुनेछ ।

आजै दिउँसो साढे १ बजे प्रचण्डको सम्मानमा भारतका विदेशमन्त्री सुष्मा स्वराजले दिवाभोज आयोजना गरेकी छन् । साँझ इन्डिया फाउन्डेसनद्वारा आयोजित विद्वत् समारोहलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रचण्डको सम्मानमा बिहीबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले रात्रिभोज आयोजना गरेका छन् । डोभालले प्रचण्डसँग शिष्टाचार भेट पनि गरेका थिए ।

शुक्रबार साढे १२ बजे भारतका गृहमन्त्री राजनाथ सिंहले प्रचण्डसँग शिष्टाचार भेट गरेको थिए ,

58 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank