नेपाल आउनुअघि मोदीको ट्वीट, ओलीको जवाफ

शुक्रबार, बैशाख २८, २०७५



१. प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा म वैशाख २८ र २९ गते नेपाल भ्रमण गर्दै छु । यो भ्रमणले भारतको नेपालसँग मित्रवत सम्बन्धलाई दिँदै आएको उच्चतम प्राथमिकता प्रतिविम्बित गर्दछ । द्विपक्षीय साझेदारी थप मजबुत बनाउने दिशामा प्रधानमन्त्री ओलीसँग म विस्तृत छलफल गर्नेछु ।

२. भ्रमणमा म काठमाडौंबाहेक जनकपुर र मुक्तिनाथ जानेछु । यी तीर्थयात्रा र पर्यटनका दुई गतिशील केन्द्र हुन् । दुई देशलाई बलियो सांस्कृतिक सम्बन्धमा बाँध्ने प्रतीक पनि हुन् ।

३. लोकतन्त्रको लाभलाई थप बलियो बनाउँदै र आर्थिक वृद्धिदर हासिल गर्दै नेपाल नयाँ युगमा प्रवेश गरिरहेका वेला नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को दृष्टिकोण कार्यान्वयन गर्ने दृढ साझेदारका रूपमा भारत रहनेछ ।

 मोदीलाई प्रधानमन्त्री ओलीको जवाफ

नेपाल भ्रमणमा आउन लाग्नुभएका भारतीय प्रधानमन्त्री महामहिम श्री नरेन्द्र मोदीजीको स्वागतमा म प्रतीक्षारत छु । यस भ्रमणबाट दुई देशबीचको आपसी सद्भाव, सहयोग र समझदारी अझ प्रगाढ हुने विश्वाससहित उहाँको ‘सबका साथ–सबका विकास’को भिजन नेपालको विकास यात्रामा सहयोगी हुने अपेक्षा गरेको छु ।

127 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank