मोदीको भ्रमण तयारी बुझ्न केन्द्र सरकारका मन्त्री जनकपुरमा

सोमवार, बैशाख २४, २०७५



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई केन्द्र सरकारले छुट्टै प्याकेज बनाएर छलफल गर्ने भएको छ । धार्मिक पर्यटनलाई जोडेर सरकारले जनपुर भ्रमणलाई सफल बनाउने गरि तयारी गरिरहेको छ । जनपुरको भ्रमण तयारीबारे बुझ्न केन्द्र सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितको उच्चस्तरीय सरकारी टोली सोमबार बिहान जनकपुर गएको छ । जनपुरमा प्रदेश सरकारका मुख्यमन्त्रीसहितका अधिकारीसँग छलफल हुनेछ ।

यसअघि गृहमन्त्री रामबहादुर थापा बादल पनि जनपुर पुगेर सुरक्षा अबस्था बारे जानकारी लिएका थिए । आगामी शुक्रबारबाट दुई दिने नेपाल भ्रमण गर्न लागेका मोदीले २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरबाट शुरु गर्दैछन् । मोदीको भ्रमण तयारी, दुईपक्षीय एजेण्डा तथा उनले   अवलोकन गर्ने क्षेत्रको स्थलगत अध्ययन गर्न परराष्ट्रमन्त्री ज्ञवाली आज त्यसतर्फ गएका हुन् ।

मोदी भ्रमणका क्रममा सुरक्षा व्यवस्थाबारे पनि छलफल हुने परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ । बिहान मन्त्रीसहितको टोली जनकपुर गएको छ । भारतीय प्रधानमन्त्री मोदीले आगामी शुक्रबार र शनिबार नेपालको भ्रमण गदैछन् । उनी २९ घण्टा नेपालमा विताउने छन् ।

176 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank